धरान / सुनसरीको रामधुनी ३ स्थित झरना खोला नजिक बसोबास गर्ने दिदी भाईको खोलामा डुवेर मंगलबार मृत्यु भएको छ । मृत्यु हुनेमा दिनेश खड्काका ७ बर्षिय छोरा अस्मीन ख्डका र ११ बषीय सर्जिना खड्का रहेको इलाका प्रहरी कार्यालय पकलीका इन्स्पेक्टर अमर निरौलाले जानकारी दिए ।
उनका अनुसार खोलाको डिलमा बसेर भाडा माझ्दै गर्दा भाडा बगाए पछि टिप्दा भाईलाई खोलाले बगाएको थियो । भाईलाई उद्धार गर्ने क्रममा दिदीलाई पनि बगाएको थियो ।
उनीहरुको सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरी र इनरूवा नगरपालिकाको दमकल युनिटले खोजी गरि खोलाको पानी सुकाएर अन्यत्र डाइभरसर्न गरि उनीहरुको शव निकालिएको प्रहरीले जनाएको छ । खोला माथि नहर रहेकाले खोजी कार्यमा समस्या भएको थियो । करिव २५ फिट तल उनीहरुको शव भेटिएको इन्स्पेक्टर निरौलाले जानकारी दिए । शव मंगलबार नै पोष्टमार्टमका लागि इनरुवा जिल्ला अस्पताल सुनसरी पठाइएको छ ।