वि.सं. २०७५ साल साउन १९ गते। शनिबार। इश्वी सन् २०१८ अगस्ट ४ तारिख। नेपाल संवत् ११३८ दिल्लागा। श्रावण कृष्णपक्ष। तिथि– सप्तमी, ७:१५ बजेउप्रान्त अष्टमी।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागीको अवसर मिल्नेछ । भौतिक साधन जुटाउने समय छ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) जागिर प्रति रुचि बढ्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । रमाइलो यात्राको योग रहेको छ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्रेमीरप्रेमिकाका बिच खिन्नता बढ्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । चिताएको कामले तीव्रता लिनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मित्रहरूले दिएको वचन फेरिन सक्छ । फजुल खर्चले चिन्ता बढाउनेछ । मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धार्मिकरसांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । प्रेमिले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) दबाब र तनाव बढेको महसुस हुनेछ । साना तिना समस्यामा अल्झिनुपर्ने देखिन्छ । व्यवसायमा मन्दी आउनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला । - ज्यो.प. नारायणप्रसाद दुलाल