धरान/ ऐलानी जग्गा अतिक्रमण गरि अनाधिकृत रुपमा बस्ती बसालेको आरोपमा प्रहरीले दुइ जनालाई पक्राउ गरेको छ । धरान–१७ स्थित प्रस्तावित एयरपोट नजिक बनाएको टहरा धरान उपमहानगरपालिकाले बुधबार हटाउने क्रममा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।
समिति नै बनाएर खोलाको किनारमा घर बनाएर बस्ती बसाउने अभियानमा लागेका समितिका उपाध्यक्ष रुद्र रसाईली र सचिव जगत विकलाई प्रहरीले पक्राउ गरेको हो । मोरङ पथरीका प्रकाश राईको अध्यक्षतामा सर्दु खोलामा बस्ती बसाउन समितिनै गठन गरेको बताइएको छ ।
एक सातादेखि उक्त स्थानमा बस्ती बसाउदै आएको खवर पाएर बुधबार बनाउनदै गरेको टहरा भत्काइएको धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले जानकारी दिईन । उनीहरुले उक्त स्थानमा प्लटिङ नै गरेर बस्तीमा एक सय ७७ वटा घडेरी बनाईएको थियो ।
खोलाको किनारमा जोखिमपुर्ण बसोबासलाई रोक्ने अभियान शुरु भएको धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख सुवेदील ेबताइन । २०७२ सालमा लगत कट्टा भई तथ्याङक समेत संकलन गर्ने कार्य भएकाले त्यस पछिका बस्तीहरु पुरै हटाईने उनले बताईन । उपमहानगरपालिकाले जनपथ प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीको सहयोगमा टहराहरु भत्काएको थियो ।