धरान / प्रदेश प्रहरी कार्यलय विराटनगरले ‘गुण्डा’ नाईकेहरुको बर्गिकरणक लिष्ट सार्वजनिक गरे पछि प्रदेश नं. १ मै सबै भन्दा बढि ‘क’ वर्गको ‘गुण्डा’ भएको सुनसरीमा इलाका प्रहरी कार्यालय धरानले निगरानी शुर गरेको छ ।
उनीहरुको गतिविधी, दैनिकको अड्डाबारे जानकारी लिन प्रहरी परिचालन गरिएको इलाका प्रहरी कार्यालयका डिएसपी रामेश्वर पौडेलले जानकारी दिए । ‘हामी उनीहरुको हैसियत, समाजमा गरेको गतिविधी, जनगुनासो, व्यवसायीहरुको उजुरीलगायतका विषयमा अध्ययन गरिरहेका छौ ।’–डिएसपी पौडेलले भने –‘राजनीतिक आवरण तथा पहुचको भरमा अत्याधिक जनतालाई दुःख दिनेलाई कानुनमा व्यवस्था भएसम्मको हदैसम्मको कारवाही हुन्छ । एउटा मर्दा हजारौलाई शान्ति हुन्छ भने प्रहरी प्रशासन कठोर पनि बन्न सक्छ ।’ धरानमा राजनीतिक आवरण र पँहुचवालाको संरक्षणमा अरुलाई प्रयोग गरेर र ‘गुन्डागर्दी गर्ने ४÷५ जना छन् । यस्तै आफै बाहुवलमा आफै अपराध गर्ने ९÷१० जना भएको उनले बताए । ‘धरान प्रहरीको पहिलो मिसन अव गुण्डागर्दी अन्त्य गर्ने हुने छ ।’–नयाँ पत्रिकासँग डिएसपी पौडेलले भने–‘प्रदेश प्रहरीको निर्देशन अनुसार एकैचाटी कारवाही प्रक्रिया अघि बढाउछौ ।’
पीडितहरुलाई उजुरी दिन आग्रह
डिएसपी पौडेलले आफु अन्यायमा परेर वा सहेर बस्नु पनि ठूलो अपराध नै हो । जोबाट पीडित हुनु हुन्छ उहाँहरुले प्रहरीलाई उजुरी गर्न पनि आग्रह गरेका छन् । ‘धम्की आउन सक्छ उजुरी गर्दा तर हामी उजुरीकर्ताको नाम गोप्य राख्ने छौं । कुनै हिचकिचाहट निर्धक्क भएर उजुरी गर्नुहोस् । समाजका कलंकहरुलाई हामी ठेगान लगाउछौ ।’–उनले भने । ककस्को पुराना मुद्धाहरु छन्, फाईलहरु खोजी गर्न प्रहरी परिचालन गरिएको उनको भनाई छ । प्रहरीलाई प्रयोग गरेर अपराध गर्नेहरुको संख्या बढिरहेकाले पर्याप्त प्रमाण जुटाएर मात्र पक्राउ गर्ने प्रहरीले योजना बनाउको छ । बर्गिकरणमा परेका ‘गुण्डाहरुको नाम भने अहिले सार्वजनिक गर्न नमिल्ने उनको भनाई छ ।
उजुरी आउन शुरु
इलाका प्रहरी कार्यालय धरानमा धरानका एक नाम चलको व्यक्ति विरुद्ध बुधबार मात्र ठगीको उजुरी परेको छ । धरान–१५ मिलन पथका श्री सुब्वा विरुद्ध एक व्यक्तिले उजुरी दिएका छन् । उनी संघीय समाजवादी फाेरमका नगर नेता पनि हुन । उजुरीमा ५ महिना अघि क्यानोन भिडियो क्यामेरा आफन्तको विवहामा फोटो खिच्न भनी नगरे हालसम्म फिर्ता नगरेको उल्लेख छ । फोनमा सम्पर्क गर्दा उल्टै धाक धम्की दिने गरेको बन्दै ती युवाले आफ्नो सम्पति उपलब्द गराई शान्ति सुरक्षासमेत गराईदिन निवदन दिएका छन् । प्रहरीले पीडितको नाम भने सार्वजनिक गरेको छैन् । उनी पनि सुचिमा परेको व्यक्ति भएको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको डिएसपी पौडेलले जानकारी दिए । कुन बर्गको ‘गुण्डा’ भनेर खुलाएनन भने अहिले नमिल्ने उनले बताए ।
निरन्तर निगरानी–डिआईजी
प्रदेश प्रहरीको वर्गीकरणमा क वर्गमा ११ जनाको नाम सार्वजनिक गरेको थियो । क वर्गका गुन्डा भने तराईका तीन जिल्ला मोरङ, सुनसरी र झापामा भएको उल्लखे छ । प्रदेश प्रहरी प्रमुख डिआइजी केदार रिजालले असार १ गतेदेखि नै ‘गुन्डा नियन्त्रण अभियान थालिएको बताए । बर्गिकरणको लिष्ट सार्वजनिक गरिसेके पछि कतिपय गुण्डाहरु प्रहरी पछि लागेको भन्दै प्रदेश छाडिसकेको पनि रिर्पोट आएको उनले बताए । ‘निरन्तर निगरानी गछौं । कारवाहीबाट कोही उम्कने छैनन् । ‘गुण्डा मुक्त प्रदेश हाम्रो अभियान हो ।’–डिआईजी रिजालले भने ।
प्रदेशका १४ जिल्लामध्ये प्रहरीको सूचीमा सबैभन्दा धेरै सुनसरीमा २३ गुन्डा भएको प्रहरलिे सार्वजनिक गरेको थियो । सुनसरीमा ‘क’ वर्गका नौ, ‘ख’ र ‘ग’का सात–सातजना सार्वजनिक गरेको थियो ।
साना गुण्डाको सान
केही साना तिना गुण्डाहरुले आफु ‘क’ वर्गको गुण्डा हो चिनेको छस भने जस्ता भाषा प्रयोग गरेर ठग्ने पक्र पनि शुरु भएको पाईएको छ । ‘साचीकै ठूला गुण्डाहरु त्राहीमान भएका छन् तर दुले चोरहरु म क वर्गको भनेर अपराध गर्न थालेको एक स्थानीयले बताए ।