धरान /पाँचथरमा जन्मेर धरानलाई कर्मथलो बनाएका पाँचथरेहरुको संस्था पाँचथर धरान संगम समाजको दोश्रो बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।
प्रदेश सभाका सभामुख प्रदिपकुमार भण्डारीको प्रमुख आतिथ्यमा साधारणसभा उद्घाटन गरिएको थियो । सोही अवसरमा समाजमा उत्कृष्ट योगदान दिनेहरुलाई अभिनन्दन गरिएको थियो । अभिनन्दीत हुनेहरुमा सञ्चमाया लिम्बु, गंगामाया लावती, पदम प्रसाद आङ्गदम्बे, सरस्वती आङ्गदम्बे धनमाया आङ्गदम्बे रहेका छन् ।
उनीहरुलाई प्रमुख अतिथि भण्डारीले अभिनन्दन गरे । कार्यक्रमका प्रमुख अतिथि सभामुख भण्डारीले जन्मथलो र कर्मथलो को साईनो कसिलो बनाउदै समाजको विकासमा रचनात्मक योगदान पु¥याउन उनले शुभकामना दिए । समाजका अध्यक्ष केशव श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभा संस्थाको कार्य प्रगती विवरण तथा आर्थिक विवरण प्रस्तुत गरिएको थियो ।