धरान / धरान उपमहानगरपालिका १५ को बजेटबाट धरान –१५ स्थित बाजगरामा क्रिकेट मैदान बनाउने भएको छ । वडा कार्यालयले शुक्रबार आयोजना गरेको वार्षिक समिक्षा कार्यक्रममा ९० लाखको लागतमा क्रिकेट मैदान निर्माण गर्न बजेट छुट्याएको वडा अध्यक्ष नरेश इवरामले जानकारी दिए ।
बाझगरा क्रिकेट खेल मैदान स्तरोन्नती गर्ने भन्दै ९० लाखको लागतमा क्रिकेट मैदान निर्माण गर्ने भएको हो । १५ नं को खोरिया बस्तीमा एक स्वास्थ्य केन्द्र निर्माण, मदनआश्रीत मार्ग, सुनगाभा मार्ग र मिलन पथलाई कालोपत्रे यसै बर्ष सम्पन्न गरिने बताइएको छ ।
वडाले यस आर्थिक बर्षमा १२३४ जनाको व्यक्तिगत घट्ना दर्ता गरेको छ ।
जन्म दर्ता ५७६ जनाको गरेको छ । यस्तै विवाह दर्ता २३० जनाको, बसाई सराई ३५३ जनाको, मुत्यू दर्ता १२५ र म्बिन्ध विच्छेद १० जनाको भएको तथ्याङ्क समेत सार्वजनिक गरेको छ । वडाबाट विभिन्न निवेदन फारम, दर्ता, सिफारिस, अंग्ेजी सिफारिस, चारकिल्ला र मुल्यांकन, आय, हैसियत र करचुक्ता, नाता प्रमाणीत, घरबहाल कर तथा अन्य विविध आय करबाट २०७४ साउन १ गतेदेखि २०७५ असार ३२ गतेसम्म ३३ लाख ६८ हजार राजस्व समेत संकलन गरेको छ ।