• अन्सार अन्सारी

आ.व २०७५/ ७६ को कुल बजेट ४५ करोड ११ लाख ४ हजार रहेको छ । हरिनगर गाउँपालिकाले विहिवार दोस्रो गाउँसभाबाट पारित २०७५/७६ को बजेट नीति तथा कार्यक्रम सार्वजानिक गरेको छ । बजेट नीति सार्वजानिकिकरण कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका संसदिय दलका उपनेता बिजय कुमार गच्छदार रहेका थिए । हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले बजेट नीति तथा कार्यक्रम सार्वजानिक गरे ।
सुनसरीको हरिनगर गाउँपालिकाले नीति तथा कार्यक्रममा भौतिक विकास, शैक्षिक विकास र आर्थिक विकासलाई जोड दिईएको छ ।
खर्च १९ करोड २९ लाख ४० हजार र पूंजीगत खर्च २५ करोड ८१ लाख ३५ हजार रहेको छ उपनेता गच्छदारले समग्र विकासका लागि सडक महत्वपुर्ण रहेकोले हरिनगराको ७ वटै वडामा कालोपत्रे सहितको सडक निर्माण गर्नका लागि हरिनगराका प्रमुख, उपप्रमुख ,वडाध्यक्षहरुलाइ निर्देशन दिएका थिए ।
बजेटमा भौतिक पूर्वाधारमा कालोपत्र सडक, सडक स्तरोन्नती, कल्भर्ट,भवन निर्माण आदि रहेका छन् । गाउँमा रहेको विपन्न परिवारलाई लक्षित गरि ‘गरिब संग गाउँपालिका’ कार्यक्रम संचालन गर्ने कार्यक्रममा उल्लेख छ ।
संसदिय दलका उपनेता बिजय कुमार गच्छदारले शुभकामना मन्तव्य राख्दै हरिनगर गाउँपालिकाको बजेटमा आफ्नो पुरा समर्थन रहेको बताए । उपनेता गच्छदारले समग्र विकासका लागि सडक महत्वपुर्ण रहेकोले हरिनगराको ७ ओटै वडामा कालोपत्रे सहितको सडक निर्माण गर्नकालागि हरिनगराका प्रमुख, उपप्रमुख ,वडाध्यक्षहरुलाइ निर्देशन दिएका थिए ।
कार्यक्रममा २ नम्बर क्षेत्रका संसद सिता राम मेहता १ नम्वर प्रदेशका सांसद राजिब कोईराला, हाजि ताहिर अन्सारी, ज्योति सुवा, लगायतका बक्ताहरुले शुभकामना मन्तव्य राख्दै हरिनगर गाउँपालिकाको विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

भौतिक पूर्वाधारमा कालोपत्र सडक, सडक स्तर उन्नती, कल्भर्ट,भवन निर्माण आदि रहेका छन् । त्यसैगरि सामाजिक विकास तर्फ शैक्षिक क्षेत्र स्वास्थ्य क्षेत्र, त्यसैगरी आर्थिक विकास तर्फ यूवाहरुलाइ आकर्षण गर्न कृषि आधुनिकीकरण गर्नेका लागि बजेट विनियोजन गरिएको छ ।
त्यसैगरी हरिनगरामा रहेका विभिन्न जातिहरुको धार्मिक संस्थाहरुलाई प्रोत्साहन गर्ने , खानेपानीलाई व्यवस्थित बनाउने लक्ष्य राखेको छ । फोहोर व्यवस्थापनका लागि विकल्प खोज्ने, ल्याण्ड फिल्ड साईटको व्यवस्था गरि फोहोरबाट मल उत्पादन गर्ने उल्लेख छ ।
त्यसैगरी गाउँमा स्वरोजगारका लागि विभिन्न शिप मुलक तथा आय मुलक कार्यक्रम संचालन गर्ने कार्यक्रममा उल्लेख छ ।