• अन्सार अन्सारी

घुस्की / स्थानीय एक महिलालाई निर्धात कुटपिट गरे पछि सुनसरीको हरिनगरा गाउँपालिका ७ घुस्कीमा स्थानीयसँगको विवादमा सशस्त्र प्रहरीले गोली चलाउँदा दुई जना स्थानीय घाइते भएका छन् ।
घाईतेहरुको उपचार विराटनगरस्थित नोवल मेडिकलमा उपचार भईरहेको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार बाख्रा चराएर घर फर्कदै गरेकी घुस्की ७ की मैनाज खातुनलाई बाख्रा चोरी गरेको भन्दै सशस्त्र प्रहरीहरुले निर्घात कुटपिट गरेका थिए । सोही विषयलाई लिएर स्थानीयहरुले सशस्त्र प्रहरी माथि आक्रमण गरे पछि स्थिति तनावपूर्ण भएको थियो । करिव ५ बजेतिर भएको घट्नामा घुस्कीका एयु मियाँलाई गोली लागेर गम्भीर घाईते बनेका छन् ।
पुरै गाउँ उल्टेर सशस्त्र प्रहरीको ज्यादती विरुद्ध लागेका थिए । स्थितिलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले २ सेल अश्रु ग्यास र ९ राउण्ड हवाई फाईरीङ गरेको बताइएको छ । गाउँलेहरुको आक्रमणमा ७ जना सशस्त्र प्रहरी घाईत भएका छन् । सशस्त्रका सई दिलबहादुर तामाङ, हवल्दार सुवास यादव, जवान भीमसेन दास, कृष्ण तामाङलगायत घाईते भएको प्रहरीले जनाएको छ ।
घट्ना पछि सशस्त्र प्रहरीका सई दिलबहादुर तामाङसहित अन्य ४ स्थानीयहरु सम्पर्कविहीन छन् । घुस्की बजार तनावग्रस्त बनेको पछि स्थानीयहरुले चोकचोकमा टायर बालेर् बसेका छन् ।
गाउँपालिकाका अध्यक्ष गफार अन्सारीको समन्वयमा जिल्ला प्रहरी कार्यालयका डिएसपी नारायण चिमोरिया, सशस्त्र प्रहरीका इन्स्पेक्टर नवराज विष्टलगायत दुई पक्षविच छलफल चलेको थियो । स्थानीय र सशस्त्र प्रहरीविचको दुरी घटाउन आज पनि छलफल गरिने भएको छ ।

37743342_2099349487054070_6361703458596192256_n

37746023_2099349813720704_7415052829414391808_n 37772671_2099349247054094_7027346458021986304_n

37810565_2099349163720769_7556845385075916800_n