धरान / धरान उपमहानगरका उप मेयर मञ्जु भण्डारी सोमबार विहान हातमा बेल्चासहित धरान–१५ महादेव चोक नजिक घर निर्माण स्थलमा भेटिइन । उनलाई साथ दिन धरान १८ का वडा अध्यक्ष प्रविण राई र धरान १५ का वडा अध्यक्ष नरेश ईवारम पनि थिए । पत्रकार, यातायात मजुर र युवासंघका कार्यकर्ताहरुसमेत घडेरी खन्न व्यस्थ थिए ।
अशक्त मजदुर पुण्यप्रसाद प्याकुरेलको घर निर्माणका लागि जग खन्न जन श्रमदान गर्न महादेव चोक पुगेका मजदुर, पत्रकार तथा युवा संघ नेपालका युवाहरुलाई ती जनताका प्रतिनिधि पुगेका हुन । जनताका प्रतिनिधि भनेको जनताको दुःख सुखमा साथ दिने व्यक्ति हुन । आफ्नो घर बनाउन उपमहानगरपालिकाका उपप्रमुख वडा अध्यक्षसहित श्रम गरेको सुने पछि लामो सयमदेखि ओछ्यानमा थलिएका पुन्यप्रसाद प्याकुरेलले हर्षका आँशु झारे । उनले भक्कानिदै भने –‘म यति धेरै जनाको ऋणि भए, अव यो गुण कसरी तिर्नु ।’
मेरुदण्ड भाचिएर थलिएका मजदुर पुण्यप्रसाद प्याकु्रेलका लागि धरान १५ महादेव चोकस्थित प्याकु्रेलको नाममा रहेको सात धुर जग्गामा दुईवटा कोठा, भान्छा कोठा र शौचालय सहितको पाँच लाख लागतमा घर बनाईदिन आईतबारबाट काम थालनी भएको छ । घर निर्माणको अगुवाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष तथा एमाले नेता भीमज्वाला राईले गरेका छन् ।
आफु काम गरेर परिवार पाल्ने व्यक्तिलाई नै भवितव्य परेर छाच्छान परे पछि उनको परिवारलाई केही राहत होस भनेर श्रमदान तथा आर्थिक सहयोग जुटाई घर निर्माण अभियानमा लागेको अभियान्ता राईले बताए । असक्तलाई साहरा दिन यातायात मजदुर, धरानका पत्रकार लागे पछि देश विदेशबाट प्याकुरेललाई घर निर्माण तथा अन्य सहयोग आउनेक्रम जारी रहेको सहयोग समितिका संयोजक कमल भट्टराईले जानकारी दिए ।
सोमबार जनश्रमदान तथा आर्थिक सहयोग दिन उपमेयर भण्डारी, धरान १८ र १५ का अध्यक्षहरु राई र ईवारम सोही अभियानमा धरान ५ का वडा अध्यक्ष सन्तोष लिम्बु , नेकपा एमाले धरानका अध्यक्ष नारायण सुवेदी, युवा संघ नेपाल धरानका नेताहरु कुमार भारती, धिरेन लिम्बु, अमित तामांङ, रोगेन्द्र राई, भविना राई तथा सञ्जय राई लगायतका युवाहरुले जग खन्न तिन घण्टा श्रमदान गरे । घर निर्माणका लागि निरन्तर क्रियाशिल अभियन्ता भीमज्वाला राई, मजदुर नेताहरु समशेर वर्देवा, रविन अधिकारी, उमेश कुंवर, लक्ष्मी बांनिया, कमल भटराई तथा पत्रकार तथा घर निर्माण समितिका सदस्य सचिव बिकास चाम्लिङ राई खटेका छन् । त्यस्तै पत्रकारहरु रणध्वज लोहार, देवेन्द्र कार्की, दिनेश गजमेर, तारा लामगांदे तथा युवा संघका नेताहरु दिपक बनेपाली, दिनेश बान्तावा लगायतले समेत युवाहरुको श्रमदानमा होस्टेमा हैसे थपे ।
नेता राईकै पहलमा गत मंसिर २२ गते मजदुर नेताहरु तथा पत्रकारहरुको संयुक्त बैठक बसी मजदुर नेता कमल भटराईको संयोजकत्वमा पुण्य प्याकुरेल घर निर्माण समिति गठन गरेर विभिन्न दाताहरुको सहयोगमा घर निर्माण थालिएको हो ।
२०७२ साल असार १५ गते सडक दुर्घटनामा परि मेरुदण्ड भाचिएका प्याकु्रेलको कम्मरमुनीको भाग चल्दैन, उनी सिधा बस्न समेत सक्दैनन्, दिशा पिशाव समेत ओछ्यानमै गर्नु पर्ने अवस्था रहेको छ । श्रीमति एक छोरा र छोरी सहित आफन्तकामा आश्रय लिएर बसेका छन् ।  तस्विरहरु  विकाश राइ