• बद्रि अर्याल

मोरङ /नेपाली पोसाक अनि ढाका टोपिमा मक्कामदिना को हजयात्रा गरि चर्चा कमाएका वृद्ध  अजिज महमद आजभोलि  दैनिक चुनावी  प्रचार प्रसार मा व्यस्थ देखिन्छन ।  उमेरले ८६ बर्ष काटेका महम्मद शरिर  ले वृद्ध भएता पनि यो उमेरमा साइकल चलाएर गाउँघर को घरदैलो तथा चुनावी कार्यक्रममा सहभागी हुने गरेका छ्न । मोरङको निर्वाचन क्षेत्र ३ उम्मेद्वार भानुभक्त ढकाल, प्रदेश सभा खका राजकुमार ओझालगायतलाई जिताउने अभियान व्यास्त रहेको उनी बताउछ्न । बेलबारी नगरपालिका  ९ न।वडामा २०१० सालदेखि स्थायी बसोबास गर्दै आएका महम्मद मनमोहनको पहिलो कम्युनिस्ट सरकारको पालादेखि कम्युनिस्ट पार्टीप्रति प्रभावित भएको बताउने महम्मद दुई ठूला बामपंथी पार्टीहरु गठबन्धन भइ चुनाव लडेकोमा उत्साहित भएको बताउछ्न ।  कम्युनिस्ट हरुको बहुमत को स्थायी सरकार बनेर देशको बिकास गर्नेबारेमा  आशबादी रहेको उनले बताएका छन । मुलुकलाई स्थायस् सरकार चाहिको छ । अव वामगठबन्धनले जितेर स्थायी सरकार बनाएर मुलुकमा कायपलट गर्नु पर्दछ ।–साईकलनमा चुनाव प्रचारका लागि हिड्दै गर्दा भटिएका उनले भने ।