धरान / धरान–१६ का सिद्धार्थ बाेर्डिङ स्कुलमा  कक्षा १ मा अध्ययनरत शुसान्त बस्नेतको ६ औं जन्मोत्सव उनका आमावुवाले आईबार सरस्वती वाल आश्रमका बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेर मनाएका छन् ।
धरान–१४ स्थित सरस्वती वालआश्रमका २५ जना बालबालिकाहरुलाई कापी, पेन्सिल, इरेजर, कार्यालय खातालगायतका समाग्री वितरण गरेर छोराका जन्म दिन मनाएको शुसान्तकी आमा सरु बस्नेतले जानकारी दिइन ।
धरानको मेन बजारमा मनकामना बुक्स एण्ड स्टेशनरी होलसेल पसल गर्दै आएका दम्पतिले घरमा पार्टी गरेर क्षणिक खुशी हुनु भन्दा असाहयका लागि सहयोग गर्दा उपयुक्त लागि ८ हजार बरावरको शैक्षिक सामाग्री वितरण गरेको मनकामना बुक्स एण्ड स्टेशनरीका संचालक राजन बस्नेतले जानकारी दिए ।
बालआश्र संचालक समितिका उपाध्यक्ष दानबहादुर राईसहितको बालबालिकाहरुविच शुसान्तको जन्मोत्सव मनाईएको थियो । आश्रमका २५ जना बालबालिकाहरु रहेको उपाध्यक्ष राईले बताए । आश्रमका अभिभावकविहिन वालबालिकाहरुलाई विभिन्न दाताहरुको सहयोगमा आश्रम प्रदान गरिदै आएको छ ।