धरान / धरान उपमहानगरपालिकाका मेयर तथा नेकपा एमाले जिल्ला कमिटी सदस्य तारा सुब्वाको पार्थिव शरिरमा राष्ट्रिय झण्डा तथा नेपाल कम्युनिष्ट पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गरिएको छ । शनिवार भएको अन्तिम संस्कारमा लाखौ धरानबासीहरुले सहभागीता जनाएका छन् ।
केन्द्रीय सरकारका उपप्रधान मन्त्रि तथा रक्षामन्त्रि इश्वर पोखरेल, प्रदेश नं. १ का मुख्यमन्त्रि शेरधन राई, उपमेयर मञ्जु भण्डारीले उनको पार्थिव शरिरमा नेपाली झण्डा ओडाएर श्रद्धाञ्जली व्यक्त गरी शव यात्रामा सहभागी भएका थिए ।
यस्तै पार्टीको तर्फबाट नेकपाका पोलिटव्युरो सदस्य भीमप्रसाद आचार्य, केन्द्रीय सदस्य धर्मराज निरौला, सुनसरी क्षेत्र नं. १ का सांसद जयकुमार राईलगायतले पार्टीको झण्डा ओडाएर सम्मान व्यक्त गरेका छन् ।
श्रद्धाञ्जली व्यक्त गर्दै नेकपाका स्थायी कमिटी सदस्य तथा सरकारका रक्षामन्त्रि पोखरेलले तारा सुब्वा एउटा व्यक्ति मात्र नभएर परिवर्तनको सारथी भएको बताए । सुब्वाको उत्कृष्ट विचार, सत्कर्म, योगदान हामी बाच्नेहरुका लागि सधै रहिररहने उनले बताए । मन्त्रि पोखरेलले भने–‘ उनको विचार, उनले देखेका सपना यहाँका जनप्रतिनीधि, पार्टी पक्तिले पुरा गर्नु पर्दछ । सरकारको तर्फबाट र प्रधानमन्त्रि केपीओलीको तर्फबाट उच्च सम्मान व्यक्त गर्दछु ।’
नगरवासीका लागि अन्तिम श्रद्धाञ्जलीका लागि सुब्वाको शव धरान–१२ स्थित नगरपालिका परिसरमा केही छिन राखी सर्वसाधारणका लागि अन्तिम श्रद्धाञ्जलीका लागि पव्लिक उच्चमाविको खेलमैदानमा राखिएको थियो । दुई घण्टा श्रद्धाञ्जलीका लागि यहाँ राखी धरान–८ स्थित वन क्षेत्रमा लिम्बु संस्कार अनुसार अन्तिम संस्कार गरिएको छ । विशास शव यात्रामा नगरवासी, प्रदेश नं. १ का नगरप्रमुख, प्रदेश प्रमुखलगायतको उपस्थिति रहेको थियो । शव यात्रामा एक लाख भन्दा बढि व्यक्तिहरुको उपस्थिति रहेको धरान उपमहानगरले जनाएको छ । बुधबार उपमहानगरले शिक्षा शदनको सभाहलमा श्रद्धाञ्जली कार्यक्रम राखेको छ ।
गत मंगलबार असमाहयीक निधन भएका स्व तारा सुब्वाको शनिवार अन्तिम संस्कारको काम भएको हो । उनको दाई एजी सुब्वा युकेबाट आउन ढिलाई भए पछि शनिवार अन्तिम संस्कारको कार्यक्रम राखिएको थियो । 37488641_10215108076709120_3994046859151671296_n

37537828_10215108064588817_5874157415607304192_n

37551368_10215108067748896_438815288213897216_n

37573123_10216477301075357_5513020102749978624_n

37573052_2015659928452284_3062869134443282432_n 37595522_2311178645560671_405060070787776512_n 37627948_10215108080389212_8012116045915488256_n ishor_pokharel tara_bubba tara_funeral_cerremoney tara_shab