धरान / गत मंगलबार धरान उपमहानगरका मेयर तारा सुब्बाको असामायी निधन भए पछि धरान शोकमा डुवेको छन् । सुनसरी मै कुनै औपचारिक कार्यक्रमहरु ग्रिएको छैन् । निर्धारित कार्यक्रमहरु पनि मिति सारिएको छ । पूर्वका लोकप्रिय जनप्रतिनिधी सुब्वाको निधनले उपमहानगरपालिकाको सबै कार्याहरु पनि सुनसा नबनेका छन् । सेवागहीहरु पनि कार्यालयहरुमा सेवा लिन गउका छ्रैनन् ।
गत साउन १ गते काठमाण्डौस्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा फोक्सोमा भएको निमोनियाका कारण मृत्यु सुब्वाको निधन भएको थियो । उनको निधन पछि धरान सुनसा नबनेको छ । बुधबारदेखि कार्यालय परिसरमा आधा झण्डा झुकाएर शोक मनाईरहेको छ । तर कार्यलयहरु भने खुल्ला गरे पनि सेवाग्राही आएका छैनन । त्यस्तै ततकाल समस्यामा परेका सेवाग्राही मात्र आउने गरेको उपमहानगरले जनाएको छ ।
आज अन्तिम संस्कार हुदै
स्थानीय सरकार प्रमुख सुब्बाको अन्त्येष्टि साउन ५ गते शनिबार हुने भएको छ । अन्तिम श्रद्धाञ्जली सभा आयोजना गरि अन्त्येष्टि गर्ने उपमहानगरले तयारी गरेको छ । सुव्बाको परिवारसँगको समन्वयमा उनको दाहसंस्कार गर्ने देखि शोक सभाको आयोजना गर्ने सबै जिम्मेवारी उपमहानगरले नै गर्ने भएको छ । शनिबार आयोजना हुने श्रद्धाञ्जली सभामा राष्ट्रिय सम्मानका साथ लिम्बु संस्कृति अनुसार अन्त्येष्टि गरिने उपमहानगरपालिकाकी कार्यबहाक मेयर मञ्जु भण्डारीले जानकारी दिईन । ‘हाम्रो लेभलबाट उच्च सम्मानका साथ अन्त्यष्टी गर्ने तयारी गरेका छौ । सम्पूर्ण तयारी भइसकेको छ ।’– भण्डारीले भनिन–‘ तर संघ र प्रदेश सरकारबाट भने केही नर्दिेशन नआएकाले हामीले स्थानीय सरकार भएको महसुस गर्न पाईनौ ।’
सुब्वालाई राजकीय सम्मान गर्ने विषयमा संघीय सरकारले कुनै निर्णय नगरेको प्रधानमन्त्रिका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । यता प्रदेश सरकारले पनि कुनै निर्णय गरेको छैन् । शनिवारको अन्तिम संस्कारको कार्यक्रममा भने मुख्यमन्त्रि शेरधन राई, केन्द्रीय सरकारका उपप्रधानमन्त्रि तथा रक्षा मन्त्रि इश्वर पोखरेलको सहभागीता हुने मुख्यमन्त्रि शेरधन राईका प्रेस सल्लाहाकार धुर्व सुवेदीले जानकारी दिए । ‘मुख्यमन्त्री तथा केन्द्रका रक्षा मन्त्रि आउने कुरा छ । तर प्रदेश सरकारले उनको सम्मानका लागि भने कुनै निर्णय गरेको छैन् ।’–सुवेदीले भने ।
उनको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलिसहित दाहसंस्कार गरिने कार्यक्रम रहेको छ ।
अन्तिम श्रद्धाञ्जलीका लागि आज पव्लिक स्कुलको खेल मैदानमा राखिने
सुब्बाको पार्थिव शरीर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरी विभागमा राखिएको छ । उनको पार्थिव शरीर शनिवार ११.३० बजेपछि नगरवासीको सामूहिक श्रद्धाञ्जलिका लागि धरान १२ को पब्लिक माविको खेल मैदानमा ल्याइने कार्यक्रम पनि तय गरिएको छ ।
दाहसंस्कार गर्नुअघि उनको पार्थिव शरीर पब्विलको खेल मैदानमा राखिने तथा त्यसपछि धरान उपमहानगर परिक्रमा गराई धरान १८ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहद्वारा संरक्षित वन क्षेत्रमा जातीय परम्परा अनुसार उनको अन्तिम श्रद्धाञ्जलिसहित दाहसंस्कार गर्ने कार्यक्रम तय भएको छ ।
प्रमुख सुब्बा लामो समयदखि मधुमेह रोगबाट पीडित थिए । उनको मृगौलामा खरावी आए पछि एपलो अस्पतालमा मृगौला फेरिएको थियो । जननिर्वाचित भए पछि कामको धपेडीले उनको स्वास्थयमा थप जटिलता आएर काठमाण्डौ लगिएको थियो ।
आईतबार सार्वजनिक विदा
उपमहानगरपालिकाले अन्तिम संस्कारको दिन र भोली पल्ट सार्वजनिक विदा दिने निर्णय गरेको छ । साउन १ गते नै कार्यकालिकाको आकस्मिक बसेको बैठकले दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । अन्तिम संस्कार शनिवार परेकाले आईतबार मात्र सार्वजनिक विदा परेको छ । धरान उपमहागनर भित्रका सबै सरकारी कार्यलयहरु स्कुल तथा उद्योग, व्यपार व्यवसायहरु प्नि बन्न हुने छन् ।

सुब्वाको निधन पछि धरान उपमहानगरपालिकाको मेयर पद खाली भएको छ । संविधानमा उप निर्वाचन नहुदासम्म उपमेयरले कार्यवहाकको रुपमा काम चलाउने व्यवस्था गरिएको छ । यस्तै धरानको– ७ का निर्वाचित वडा अध्यक्ष भुवन मोक्तानको पनि २ महिना अघि निधन भए पछि खाली रहेको छ । प्रदेश १ अन्तर्गतकै संखुवासभाको मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवालको पनि गत पुसमा दुर्घटनामा परि मृत्यु भए पछि प्रमुख पद खाली छ । यि तीन जना नेकपा एमालेबाट निर्वाचित जनप्रतिनीधि थिए ।