धरान / नेकपाका नेता,धरान उपमहानगरपालिकाका नगर प्रमुख तारा सुब्बा ज्युको अन्त्येष्टि  साउन ५ गते शनिबार हुने भएको छ । उनकाे पार्थिव शरीर अन्तिम श्रदाञ्जलीका लागि विहान ११ बजे पब्लिक उच्च माबि धरानको खेल मैदानमा राखिने भएको छ । उनका दाजु एजी सुब्बा युकेबाट अाउन ढिलाई भएर अन्त्येष्टि ढिलाई भएकाे हाे ।

 

                                                                                                           
                                           उपमहानगरकाे  प्रेसविज्ञप्ति
धरान उपमहानगरपालिकाका नगरप्रमुख श्री तारा सुव्वा ज्यू मिति २०७५ श्रावण १ गते दिउँसो करिव १ बजेको समयमा अकल्पनिय, असामयिक र अल्पायुमा नै स्वर्गारोहण हुनु भएकोले नगर कार्यपालिकाको आजै आकस्मिक बैठक वसी देहाय बमोजिमको निर्णयभएको जानकारी गराईन्छ । 

  •  धरान उपमहानगरपालिकाका नगरप्रमुख श्री तारा सुव्वा ज्यू विगत केही समयदेखि बिरामि भई ग्राण्डि ईन्टरनेशनल अस्पताल, काठमाण्डौमा फोक्सोको निमोनिया तथा मृगौलाको सघन उपचारमा रहनु भएकोमा मिति २०७५ श्रावण १ गते दिउँसो करिव १ बजेको समयमा अकल्पनिय,असामयिकर अल्पायुमा नै सम्पूर्ण नगरवासीलाई स्तब्ध बनाई स्वर्गारोहण हुनु भएकोयस मर्माहत, दुस्खद् तथा पिडादायी घडीमा नगरकार्यपालिका, सम्पूर्णनगरवासी, राजनीतिकदलहरु, विभिन्न संघ संस्था, शुभेच्छुक तथा शुभचिन्तकसमेतको तर्फबाट मृत आत्माको चीर शान्तीको कामना गर्दै शोकशन्तप्त परिवारजनप्रति भगवानले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन भन्े  कामनासमेत गर्दछौं।
  •  नगर प्रमुख स्वर्गीय श्री तारा सुव्वाज्यूको पार्थिव शरीरको पारिवारीक रितीरिवाज अनुसार दाहसंस्कार गर्ने तथा सरकारी सम्मानका साथ अन्त्येष्ठि गर्न आवश्यक समन्वय गर्ने।
  •  नगर प्रमुख स्वर्गीय श्री तारा सुव्वाज्यूको पार्थिव शरिरलाई नगर कार्यपालिकाको तर्फबाट श्रद्धान्जली अर्पण गर्न नगर कार्यपालिकाको कार्यालय परिसरमा र सम्पूर्ण नगरवासीहरुका लागि श्रद्धान्जली अर्पण गर्न पब्लिक माध्यामिक विद्यालय, धरान ज्ञद्द को खेलमैदानमा व्यवस्था मिलाउने।
  •  नगर प्रमुख स्वर्गीय श्री तारा सुव्वाज्यूप्रति श्रद्धान्जली अर्पणको लागि मिति २०७५ श्रावण २ गते देखि ७ दिनसम्म नगर कार्यपालिकाको कार्यालयमा शोक पुस्तिका राख्ने ।
  •  नगर प्रमुख स्वर्गीय श्री तारा सुव्वाज्यूको सम्झनामा शोक प्रकट गर्न श्रद्धान्जली सभा उहाँको पार्थिव शरीरको दाहसंस्कार गरेको भोलीपल्ट आयोजना गर्ने । श्रद्धान्जली सभा आयोजना गरीने मिति, समय र स्थान बारे सार्वजनिक रुपमा सूचना प्रकाशन गरी जानकारी दिने ।
  •  नगर प्रमुख स्वर्गीय श्री तारा सुव्वा ज्यूको स्वर्गारोहण भएको यस दुःखद् घडीमा नगर कार्यपालिकाको कार्यालयमा ७ दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउने र शव अन्त्येष्ठि गरेको दिन तथा श्रद्धान्जली सभा आयोजना गर्ने दिन धरान उपमहानगरपालिका मातहतमा रहेका सबै कार्यालयहरु तथा सार्वजनिक संस्थाहरुमा विदा दिई शोक मनाउने ।
  •  नगर प्रमुख स्वर्गीय श्री तारा सुव्वाज्यूको दाह संस्कार तथा अन्त्येष्ठि कार्यक्रम र श्रद्धान्जली सभा कार्यक्रमको व्यवस्थापन परिवारसंगको समन्वयमा नगर कार्यपालिकाको कार्यालयले गर्ने । आजको नगर कार्यपालिकाको वैठक नगर प्रमुख स्वर्गीय श्री तारा सुव्वाज्यूको आत्माको चीरशान्तिको कामना गर्दै २ मिनेट मौनधारण गरी समापन भयो।
  •  नगर प्रमुख स्वर्गीय श्री तारा सुव्वाज्यूको शव अन्त्येष्ठि गर्ने मिति सम्बन्धमा नजिकका नातेदार तथा पारीवारीक सदस्यहरु धरान आए पश्चा त एकीन हुने जानकारी प्राप्त भएकोले सो अनुसार श्रद्धान्जली अर्पण गर्ने दिन तथा समय र श्रद्धान्जली सभाको दिन तथा समय यस कार्यालयबाट यथाशिघ्र सार्वजनिक रुपमा जानकारी गराईनेछ ।

........................
(मञ्जु। भण्डारी सुवेदी)
कार्यवाहक नगर प्रमुख