धरान / धरान उपमहानगरपालिकाका नगर प्रमुख तारा सुब्बाको शवलाई मंगलबार नै धरान ल्याएकाे छ । अहिले हेलिकप्टरबाट धरान ल्याएको हाे ।  
उनलाई विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको मर्चरीमा राखिएको छ । उनका दाजुहरु युकेमा रहेकाले आए पछि अन्तिम संस्कार गरिने नेकपाका धरान नगर संयाेजक नारायण सुवेदीले जानकारी दिए ।
काठमाण्डौमा उनलाई श्रद्धाञ्जली दिन प्रदेश १ का मुख्य मन्त्रि शेरधन राई, आन्तरिक मामिला तथा कानुन मन्त्रि हिक्मत कार्की, संघीय सांसदहरु ज्यकुमार राई, मीन विश्वकर्मा, मीना सुब्वा, नेकपाका पोलिट व्युरो सदस्य भीम आचार्य, धरान सरोकार समाजका अध्यक्ष प्रभु श्रेष्ठलगायत अस्पतालमै पुगेका थिए । मंगलबार दिउसो ३ बजे हेलिकप्टरबाट उनलाई धरान ल्याईएको हो ।
मृगौला प्रत्यारोपण गरेका सुब्वाको छातीमा इन्फेक्सन भएका कारण गत असार १२ गतेदेखि काठमाडौंको ग्राण्डी इन्टरनेसलन हस्पिटलमा आईसियुमा उपचार भईरहेको थियो । मंगलबार दिउँसो १ बजे निधन भएको हो ।
अढाई बर्ष अघि उनको मृगौलाले काम नगरे पछि भारतको एपोलो हस्पिटलमा एउटा मृत्गौला प्रत्यारोपण गरिएको थियो ।
उपमहानगरको कामको धपेडीले उनको स्वास्थ्यमा खरावी आए पछि अस्पताल भर्ना गरिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको नगरप्रमुखका प्रेस संयोजक योगेशबाबु काफ्लेले जानकारी दिए ।
लामो समयदेखि नेकपा एमालेमा रहेर काम गर्दै आएका थिए । तीन कार्यकाल धरान नगर अध्यक्ष हाल जिल्ला कमिटी सदस्य थिए । तस्विरहरु: साैरभ श्रेष्ठ

37133164_10156721730954015_2081677460465778688_n

37215659_10156721730774015_5957039074555461632_n

37300521_10156721816659015_7525475910313574400_n