धरान / लायन्स क्लव इन्टरनेशनल १२५ ए वान जोन अन्तर्गत रहेको पाँच वटा क्लवको नेर्तत्वमा धरान उपमहानगरपालिकाले रोपेको फुल गोडमेल गरेको छ । धरान भानुचौक देखि रत्न रोड सम्म आयोजित सरसफाइ कार्यक्रममा जनप्रतिनिधि धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर मञ्जु भण्डारी, धरान १८का वडाध्यक्ष प्रविण राई, धरान १२ का कार्यवाहक वडाध्यक्ष व्रम्हाग्य भण्डारी आफै सडकका फोहोर मैला उठाउदै सफाइ कार्यक्रममा सहभागि जनाएका थिए । धरान उपमहानगरपालिकाले धरानलाई फूलवारीको शहर चिनाउने अभियान सहित भानुचौकको दुवै पेटिमा रोपिएको फुलमा झारेले छापे पछि क्लवको नेतृत्वमा जनप्रतिनीधि सहित फूल गोडमेल गरिएको हो ।
कावा मेयर मञ्जु भण्डारीले फूल रोपिएको अगाडिका व्यवसायिहरुलाई आफ्नो अगाडिको फुलवारी हेरचाह गर्न आग्रह गरेकी थिईन ।

सवैले हातेमालो गरेर धरानलाई राम्रो र सफा सहरको रुपमा चिनाउने अभियान अन्र्तगत लायन्स क्लव अफ दन्तकाली, लायन्स कलव अफ धरान विजयपुर, लायन्स वुढासुव्वा, लायन्स धरान इस्ट र लायन भेडेटारले संयुक्त रुपमा सरसफाइ कार्यक्रमको आयोजना गरेका हुन । जोन चियर पर्सन लायन रेखा गुरुङको नेतृत्वमा भएको अभियानमा जिएसटि जिल्ला संयोजक लायन धिरज गुरुङ, रिजन चियरपर्सन टंककुमारी गुरुङ, वुमन वर्थ ग्रुपका अध्यक्ष सुजता श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । तस्विरः विकाश चाम्लिङ राई