धरान / सुनसरीको धरानबाट काठमाण्डौमा आई बसोबास गर्ने व्यवसायी, उद्योगी, विद्यार्थी, कर्मचारीलगायत विच गत शनिवार काठमाण्डौमा छलफल भएको छ । धरानको समृद्धी धरानेको भुमिका बिषयक अन्तरक्रियामा सहभागिहरुले धरानलाई सम्वृद्ध शहर बनाउन सबैको साथ सहयोग आवश्यक भएको बताएका थिए । धरानका राजेन्द्र भण्डारीको अगुवाईमा छलफल भएको थियो ।

कार्यक्रम धरान सरोकार समाज काठमाण्डौका अध्यक्ष प्रभु श्रेष्ठको सभापतित्वमा भएको थियो । चाँडै नै धरान सरोकार समाज र कार्यक्रमको आयोजक बीचको समन्वयमा एउटा बृहत भेला आयोजना गर्ने पनि सहमति भएको छ । कार्यक्रममा सुनसरी क्षेत्र नं. १ का संघीय सांसद जयकुमार राईले आफ्नो क्षेत्रमा भएका विकास निमौणको योजना तथा संघ तथा प्रदेशमा भएका पहल कदमीबारे जानकारी गराएका थिए ।

dharan_city