• अन्सार अन्सारी

सुनसरीको देवानगञ्ज गाउँपालिकाको योजना र कार्यक्रमहरुमा अनियमितता र कमिसनको खेल भएको सार्वजनिक भएको छ । काम चोर प्रवृति, कमिसनमा कार्यक्रम दिने प्रवृति हावि भएकाले गाउँपालिका भ्रष्टाचारको अखडा बन्दै गएको स्थानीयहरुले आरोप लगाए ।
देवानगञ्ज गाउँपालिकाले सञ्चालन गरेको अधिकंस कार्यक्रमहरुमा आर्थिक लेनदेन गरेको र अनियमितता गरेको स्थानीयहरुले बताएका छन् । केही राजनीतिक दलहरु त यस विरुद्धमा आन्दोलनमा उत्रेको र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र समेत बुझाएका छन् ।
यहाँ पनप्रतिनिधहरुले आफ्नो नजिकको व्यतिलाई कार्यक्रम दिएको र अधिकृतले कमिसनको लोभमा कार्यक्रम दिएको खुलेको छ । विना सूचना र गाउँपलिकामा समयमा सुचिकृत नभएको संस्थालाईसमेत अर्थिक चलखेलको आधारमा कार्यक्रम दिएको पाइएको छ । गाउँपालिका प्रमुख प्रशाकीय अधिकृत त्रिलोचन न्यौपानेले आफूखुशी कार्यक्रम दिएर मनोमानि समेत गरेको स्थानीय संघसंस्थाका प्रतिनिधिहरुले गुनासो गरे ।
कसलाई कसरी कार्यक्रम दिने सामान्य मापदण्डसमेत पुरा नगरिकनै कार्यक्रम दिएको पाईएको छ । गाउँपालिकाको सहयोगमा सञ्चालन भएको लक्षित वर्गको अधिकास कार्यक्रममा आयोजकले कमिसन र नजनाना नै बुझाएकाले मनोमानी समेत गरेको पाइएको स्थानीय विपि मेहताले बताए । यहाँ २५ दिनको लागी सम्झौता भएको कार्यक्रम आर्थिक चलखेलका कारण १० दिन मै सकिएको तालिमा सहभागी असोक मेहता गुनासो गरे ।
सिएमसी , प्राईम स्कुल , तराई विकास परिषदलगायतका दर्जन बढी संस्थामा यस्तै कमिसन खुवाएले मनोमानी गरेको र तोकिएको दिन भन्दा कमै दिनमा कार्यक्रम सकेको पाएको सहभागीहरुले बताएका छन् ।
उता १,२, ५ नम्बर र ६ वडा नम्बरमा सञ्चालन गरेको कार्यक्रममा समेत वडा अध्यक्षहरुले ब्रहम्मलुट मचाएको वडाबासीहरुले गुनासो गरेका छन् । वडाको सबै जसो योजनामा कमिसनको भागबण्डा मिलाएर वितरण गरेको स्थानियहरुको आरोप रहेको छ ।
जसको उदाहरण बनेको छ, लक्षित वर्गका विभिन्न कार्यक्रमहरु । यहाँका वडा अध्यक्षहरुले स्थानीयलाई कुनै सुचना नदिई कार्यक्रम सम्मापन गरेका छन । आफ्नो केही आसेपासेका व्यक्तीहरुलाई बोलाएर कागज मिलान गरेका अर्का स्थानीय रविन्द्र यादवले बताए । देवानगञ्ज गाउँपालिकाको सवै जसो वडाको कार्यक्रममा वडा सचिव र वडा अध्यक्षहरुले आफू नजिकको संस्थाहरुलाई मात्रै कार्यक्रम दिएर कागज मिलान गरी आर्थिक हिनामिना गरेको पाइएको छ । वडा नम्बर १ मा वडा अध्यक्ष सूर्यनारायण पालले आफनो भ्रष्टाचार बहिरिने डरले केही आफ्ना नजिकका सिमित व्यक्ति बोलाएर सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । स्थानीयहरुलाई सो बिषयमा कुनै जानकारी गराइएको पाइएन । वडा अध्यक्ष पालले गत वर्ष बढि पिडितको नाममा आएको राहतमा पनि आफु खुशी गरेको र आफ्ना नजिको मान्छेलाई मात्र बाडेको स्थानीय रामशजन रिषिद्धेवले गुनासो गरे ।
यता गाउँपालिका अध्यक्ष लालीप्रसाद मेहताले सबै कार्यक्रमको अनुगमन गर्न नकिएको र प्रकृयाको विषयमा केही चुकेको स्वीकार गरे । अध्यक्ष मेहताले कागज मिलान गरी आर्थिक हिनामिना भने नगरेको दावी गरे ।
उता प्रमुख प्रशाकिय अधिकृत त्रिलोचन न्यौपानेले भने प्रकृयाको विषयमा केही कम्जोरी भए पनि कागज मिलान गरी आर्थिक हिनामिना भने नगरेको दावी गरेका छन् । यहाले सूची दर्ता भएको संस्थाहरुलाई कार्यक्रम दिएको र प्रकृया अनुसार नै गरेको जिकिर गरे । सुनसरीका विभिन्न स्थानीय तहमा हस्ते, किर्ते तथा नक्कली बिल भर्पाइ पेश गरि करौडोको लक्ष्ति वर्गका कार्यक्रम सकिएको खुलेको छ । जिल्लाको १२ स्थानीय तह मध्ये अधिकांश ठाउँमा हस्ते, किर्ते र नक्कली बिल भर्पाइ मिलाई करोडौको सामाजिक विकास र लक्षित वर्गको कार्यक्रम सकिएको खुलासा भएको हो ।
यस जिल्लाको बराहक्षेत्र नगरपालिका, रामधुनी नगरपालिका, दुहबी र इनरुवा नगरपालिकामा गैरसरकारी संस्थाको माध्यमबाट गरिएको कार्यक्रममा कागज मिलाउने गरी मात्रै कार्यक्रम गरिएको स्थानीयहरुले बताएका छन् ।
स्थानीय सरकार आएपछि विकास, समृद्धि, सुशासन, पादर्शीता, जवाफदेहिता र वीधिको शासनको प्रत्याभुति गर्ने आश गरेका नागरिकहरुले घुसखोरी, महगी, भ्रष्टाचार, कागजमीलाई खाने र ढिलासुस्तीको उपहार पाएको स्थानीयहरुले गुनासो गरेका छन् ।
गाउँपालिका र नगरपालिका तथा उपमहानगरपालिकाले समेत कागजी घोडा तयार गरि कागजमै करोडौको बजेट सकिएको भन्दै सुक्षम छानविन गर्नुपर्ने स्थानीयले माग गरेका छन् ।
जिल्लाको गढी गाउँपालिकामा मात्रै ५० लाख रुपियाँ बढीको कार्यक्रम कागजमा सकिएको स्रोतले जनाएको छ । गढी गाउँपालिकामा एक वर्ष मै तीन जना प्रमुख प्रशासकीय अधिकृत परिवर्तन भएकाले सबै अधिकृतहरु सरकारी बजेट कागज मिलाएर खाने मानसिकताबाटै आएको जनप्रतिनीधिहरुले खु्लासा गरेका छन् । काम नागरिकका लागि भन्दा कमिसन दिने संस्था र आफ्नो व्यक्तिगत स्वार्थका लागी मात्रै गरेको स्थानीयहरुले आरोप लगाए ।