धरान / प्रेस चौतारी नेपाल सुनसरीले वितरण गरेको मनमाया गोपाल कार्की सिर्जनशिल पत्रकारीता पुरस्कारबाट सुनसरीका ४ तथा डम्बरबहादुर थापा स्मृति पत्रकारीता पुरस्कारबाट १ जना पत्रकारलाई शनिवार पुरस्कृत गरिएको छ ।
आमा बाबुको नाममा किशोरकुमार कार्कीले स्थापना गरि दिएको मनमाया गोपाल कार्की स्मृति सिर्जनशिल पत्रकारीता पुरस्कारबाट पत्रकार रोहित राई, रणध्वज लोहार, रोमा रिजाल र राजन केडी सम्मानीत भएका छन् । उनीलाई जनही नगद ८ हजारसहित सम्मान गरिएको थियो । पूर्वको पत्रकारिताको श्रीवृद्धिका लागि लामो सयमदेखि ब्लाष्ट दैनिक संचालन गर्दे आएका प्रदान सम्पादक राजकुमार कार्की, किशोरकुमार कार्की, प्रविण कार्की र दिपेन्द्र कार्कीका आमावुवाको नाममा यो पुरस्कार राखिएको हो । यस अघि गोपाल कार्कीको नाममा मात्र थियो । यो बर्ष आमा मनमाया कार्की पनि थपेर वितरण गरिएको हो ।
यस पुरस्कारबाट यस अघि मनिता चाम्लिङ, भैरव आङ्ला, एशोदा सेने, सोहन श्रेष्ठ, उपेन्द्र चाम्लिङ, सुभद्रा प्याकुरेल, भोजराज श्रेष्ठ र हिमाल दाहाल पुरस्कृत भई सकेका छन् ।
त्यस्तै प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष विश्वमणी सुवेदीले स्थापना गरि दिएको डम्बर बहादुर थापा स्मृति पत्रकारीता पुरस्कारबाट इनरुवाका पत्रकार राजन निरौला सम्मानीत भएका छन् । उनको पुरस्कार राशी नगद १० हजार रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि १ नं प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले सम्मान तथा पुरस्कार बितरण गरेका थिए । कार्यक्रममा नेकपा एमाले सुनसरी संयोजक रमेश बस्नेत, प्रदेश सभा सदस्य सावित्री श्रेष्ठ, नेकपाका नेताहरु राजेन्द्र किराती, आइन्द्रविक्रम बेगा, प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष द्वय विश्वमणी सुवेदी, लिलाराज भट्टराईलगायत नेकपाका नेता, प्रेस सेन्टर, प्रेस चौतारीका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

37107525_1868566686537803_5380912917384265728_n

37065469_10156389801992744_66089062670270464_n

37053614_10209654552520754_7013586228914159616_n

37130376_1868566633204475_6141848081328504832_n