मोरङ / मोरङबाट निर्वाचित प्रतिनिधि र प्रदेशसभाका सांसदहरुलाई उद्योग सङ्गठन मोरङले सम्मान गरेको छ । विराटनगरमा एक कार्यक्रम आयोजना गरी निर्वाचित सांसदलाई स्वागत–सम्मान गरिएको हो । कार्यक्रममा उद्योग सङ्गठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले लामो सङ्क्रमणकालपश्चात् भएको निर्वाचनबाट आमजनताको उत्साहजनक सहभागिताले शान्ति र आर्थिक विकासको चाहनालाई प्रतिविम्वित गरेको बताए । उनले आर्थिक विकास र समृद्ध देशको चाहनालाई अबको नेतृत्वले आत्मसात गर्दै लैजाने विश्वास व्यक्त गरे ।
उनले पौराणिक, आर्थिक एवं औद्योगिक नगरी विराटनगरको राजश्व र रोजगारीको क्षेत्रमा विराटनगरको योगदानलाई आत्मसात गरी प्रदेश नं १ को राजधानी बनाउन नवनिर्वाचित सांसदहरुसमक्ष अनुरोध गर्दै यस क्षेत्रको आर्थिक विकासका लागि आवश्यक सुझाव प्रस्तुत गरे ।
सङ्गठनका पूर्व अध्यक्ष सुशील धनावतले प्रतिनिधि तथा प्रदेशसभा सदस्यहरुलाई आजैबाट आर्थिक क्रान्तिको घोषणा गर्न अनुरोध गर्दै आर्थिक विकासका सवालमा सङ्गठन सदैव सल्लाह–सुझाव प्रस्तुत गर्न तयार रहेको उनले बताए । मोरङ व्यापार सङ्घका अध्यक्ष पवन सारडाले अबको सबै दलको एजेण्डा केवल आर्थिक विकास हुनु पर्नेमा जोड दिँदै मुलुक आर्थिकरुपले जर्जर भएकाले यसको विकासमा ध्यान पु¥याउन अनुरोध गरे । प्रतिनिधिसभा सदस्य लालबाबु पण्डितले उद्योगी÷व्यवसायीहरुलाई आफ्नो उद्योग व्यवसायमा केन्द्रित हुन अनुरोध गरे । उनले आपूm सदैव उद्योग सञ्चालनको वातावरण बनाउन तत्पर रहेको बताए । उनले संविधान र ऐन–कानूनले दिएको मूल बाटोबाट अगाडि बढ्दै विराटनगरलाई प्रदेश नं. १ को राजधानी बनाउनतर्पm लागिपर्ने बताए ।
मोरङका ३ का प्रतिनिधिसभा सदस्य भानुभक्त ढकालले आपूmले उम्मेदवारी घोषणापत्रमा लेखेअनुरुप समृद्धिको लागि लागिपर्ने र अबका पाँच वर्षपछि नेपाल विकास र समृद्धिको कोशेढुङ्गा सावित हुने बताए । उनले जनतालाई भ्रमित पार्ने कार्य गर्न नहुने र राष्ट्र निर्माणको क्रममा आग्रह–पूर्वाग्रह नरहने बताए । मोरङ १ का प्रतिनिधि सभा सदस्य घनश्याम खतिवडाले आपूmलाई निर्वाचित गराउने मतदाताहरुलाई धन्यवाद दिँदै सुखी जनता र समृद्ध राष्ट्र पहिलो प्राथमिकता रहेको बताए । उनले कृषिको व्यवसायीकरण, उद्योग व्यवसायको विकास गरी जनताको भावनाअनुरुप कार्य गर्ने बताए ।
मोरङ ४ का प्रतिनिधि सभा सदस्य अमनलाल मोदीले औद्योगिक नगरी विराटनगरको विकास अन्तर्राष्ट्रिय मापदण्ड अनुसार हुनुपर्ने बताए । उनले एजेण्डा भनेकै आर्थिक समृद्धिको रहेको बताए । मोरङ २ का प्रतिनिधिसभा सदस्य डा. मिनेन्द्र रिजालले विराटनगरको रिङरोड, एयरपोर्ट लगायत पूर्वाधार विकासमा तुलनात्मक लाभका क्षेत्रको पहिचान गरी त्यसतर्पm अघि बढ्ने बताए । प्रदेश सभामा निर्वाचित सांसद जयराम यादवले प्रतिनिधि र प्रदेशसभाको निर्वाचन देश विकासको पहिलो खुड्किलो भएको बताउँदै सङ्गठनबाट प्रस्तुत सुझाव कार्यान्वयन गर्न आफ्नो पार्टीको तर्पmबाट पहल गर्ने र कुनै दलगत भागवण्डा नलगाई विराटनगरलाई प्रदेश नं १ को राजधानी बनाउन एकजुट हुने बताए ।
अर्का प्रदेश सभा सांसद केदार कार्कीले आर्थिक विकासमा आपूm सदैव सहयोग पु¥याउन तयार रहेको बताउँदै उद्योगी÷व्यवसायिहरुलाई फरक ढङ्गबाट लगानी गर्न अनुरोध गरे । प्रदेश सभा सदस्य कुलप्रसाद साम्वा लिम्बूले विराटनगर प्रदेश १ एकको राजधानी हुन्छ भन्ने कुराको विश्वास दिलाउँदै उद्योगी÷व्यवसायीलाई पर्यटकीय क्षेत्रमा लगानी गर्न अनुरोध गरे । प्रदेश सभा सदस्य जीवन घिमिरेले प्रदेश नं. १ को कृषि, पर्यटन लगायतको क्षेत्रको विकासको लागि आपूm सदैव कटिबद्ध रहेको बताउँदै औद्योगिक नगरी विराटनगरको रुग्णताको अन्त्य गर्ने प्रतिबद्धता गर्दै यस क्षेत्रको शिक्षा, स्वास्थ्यका क्षेत्रमा जीवन्तता प्रदान गर्ने बताए ।