धरान / डिपो स्कुल पूर्व विद्यार्थी संङ्गठनले वुधवार क्यानसर रोगले पिडित विशिका श्रेष्ठलाई उपचारको लागि आर्थिक सहयोग प्रदान गरेको छ । संङ्गठनले नगद एक लाख ५० हजार रुपैया विशिकाका आफन्त कुन्दन श्रेष्ठलाई हस्तान्तरण गरेको हो । सहयोग रकम पुर्व डिपो विद्यार्थी संगठन धरानका अध्यक्ष तथा धरान १८ वडाध्यक्ष समेत रहेका प्रविण राई, उपाध्यक्ष रेखा गुरुङ्, सदस्य विन्दु सुनुवारले संयुक्त रुपमा प्रदान गरेका थिए । सहयोग रकम मध्ये डिपो पुर्व विद्यार्थी संगठन, धरानका अध्यक्ष समेत रहेका धरान १८ वडाध्यक्ष प्रविण राईले आफ्नो एक महिनाको तलव नगद १९ हजार ५ सय रुपैया सहयोग समितिलाई उपलव्ध गराएका थिए ।
डिपो स्कुलका २०६७/२०६८ व्याचका पूर्व डिपो विद्यार्थी रहेका विशिका श्रेष्ठ हाल नेपाल क्यान्सर अस्पताल भक्तपुरमा उपचार गराइरहेकि छिन । केहि महिना अघि देखि २४ वर्षिय विशिकाको पेन्कियाजको आमासयमा क्यान्सर देखिए पछि उनि थलिएको हुन । उपचारको लागि आर्थिक अभाव झेलिरहेकि विशिका किमो मार्फत उपचार गराइरहेकि छिन ।
तस्विर सौजन्य: हेमन्त राई