धरान / बराह इण्डष्ट्रिज प्राली धरानले मोरङको ग्रामथान गाउँपालिका ५ मा बराह कृषि उपज परियोजना संचालन गरको छ । परियोजनाबाट ८० जना भन्दा बढि बेरोजगार युवाहरुलाई रोजगार दिएको छ । दुई बर्ष अघिदेखि साढे ४ विगाह क्षेत्रमा फैलिएको कृषी फर्ममा ७१ वटा गाई, १५ सय क्षमताको दुई वटा कुखुरा फार्म, २५ वटा बाख्रा र दुईवटा माछा पोखरी रहेको छन् । ३५ वटा लईना गाईले दैनिक २५० लिटर दुई दिदै आएको परियोजनाका निर्देशक मानबहादुर विकले जानकारी दिए ।
कृषीमा आत्म निर्भर बनाउने प्रदेश सरकारको योजनालाई मद्दत पुग्ने गरि शुरु गरिएको परियोजनाबारे जानकारी दिन सोमबार मुख्य मन्त्रि शेरधन राईलाई निमन्त्रणा समेत गरेर भ्रमण गराएको छ । मुख्य मन्त्री राईलेले फर्मको अवलोकन गरेका छन् । धरान, काठमाण्डौ, पाखरा, युके, हङकङलगायत मुलुकमा व्यापार गर्दै आएको बराह इण्डष्ट्रिज प्राली कृषी कर्मबाट बेरोजगार युवालाई स्वदेशमै रोजगारी दिने उद्देश्यले फर्म शुरु गरिएको परियोजनाका संचालक मानबहादुर विकले जानकारी दिए ।
कृषि उपज तथा पशुपालन बाट धेरैले रोजगारीको अवसर पाएको बराह कृषि उपज तथा पशुपालन प्रालीका निर्देशक मानबहादुर दियालीले बताए । ‘कृषी यसरी लगानी गरेर प्रदेशलाई सम्पन्न पार्न सकिन्छ भन्ने कुरा देखाउन मुख्य मन्त्रि राईलाई ध्यानाकर्षण गराएका छौ । प्रदेश सांसदहरुको पनि उपस्थिति रहेको छ ।’– निर्देशक विकले भने । बराहले सोमबार नै एक विगाहा क्षेत्रमा सामुहिक धान रोपाई कार्यक्रम समेत गरेको छ ।
कृषि परियोजनाको अवलोकन गर्दै १ नम्वर प्रदेशका मुख्य मन्त्री राईले कृषि विकासका लागि आवश्यक प्रभावकारी कार्यक्रमहरु ल्याइएको वताएका छन् । नेपालमा वार्षिक साढे चार खर्वको खाद्यान्न आयात हुदै आएका् छ । यस्तो कृषी फार्महरुको संचालनले विदेशबाट आयत न्यूनिकरणमा सहज हुने छ ।