• अनसार अन्सारी

भुटाहा / सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर १ साबिकको रामनगर भुटाहा गाविस क्षेत्रमा डिजलको अभाव भएकाे छ । यहाँ रहेकाे पम्पबाट डिजेल भारत तस्करी भए पछि सुनसरी ट्रेड कन्सर्न पेट्रोल पम्पमा डिजलको अभाव भएको हाे ।

धान रोपाइको सिजनमा डिजलको अभाव हुदा स्थानीय किसानहरु मार्काका मापरेका छन् । स्थानीय किसान नाैशाद आलमको अनुसार धान रोपाइको सिजनमा भुटाहाको पेट्रोल पम्पमा तेलको अभाव हुन्छ । आलामका अनुसार भुटाहा पेट्रोल पम्पमा तेल रातिमा आउँछ र बिहानको ९ नबजि सबै तेल राति नै सकिने गरेकाे उनले बताए । रातीको बेला तेल आउँछ र स्थानीय ब्यपारीहरुलाई दिने गरेकाे छ । ती व्एपारीहरुले किसानलाई प्रति िलटर एक सयमा विक्रि गर्ने गरेकाे उनले गुनासाे गरे । डिजेलकाे भाउ पम्पमा ७६ रुपैयापर्छ । स्थानीय किसानहरु तेल लिन पेट्रोल पम्पमा जादा पेट्रोल पम्प रहेको कर्मचारीले त्यो अर्को किराना पसलमा गएर लिनु भन्ने गरेकाे किसानहरु गुनासाे गर्छन ।

पेट्रोल पम्पमा तेल न हुन्दा धान रोपाइमा समेत समस्डिया भएकाे छ । सो पेट्रोल पम्पका संचालक रोशन गुप्ता भने डिजल थोरै आउँछ र यहाँ किसानहरु धेरै हुन्दा त्यति डिजलले नपुग्ने गरेकाे बताए । तर पम्पले व्यापारीहरुलाई ८० रुपैयामा रातारात बेचेर किसानहरुलाई भने अभाव देखाउने गरेकाे अाराेप लगाए ।  किसानहरुकाे समस्याबारे प्रहरीले पनि सहयाेग नगरेकाे उनीहरुकाे गुनासाे छ ।