धरान / धरान १५ निराजन बस्तिको निराजन सामुदायिक पुस्तकालयको छतमा आज बिहाननिकै भिडभाड थियो । त्यहा प्रतिनिधी सभा तथा प्रदेशसभामा सुनसरी क्षेत्र नम्बर १ बाट निर्वाचित संसदहरु जय कुमार राई तथा प्रदिप भण्डारी पनि उपस्थित थिए । खास कार्यक्रम चाहि नेटल धरानद्धारा उत्पादन गरिएको चियाको औपचारीक उत्घाटन रहेछ । कार्यक्रम केहि समय पछि नेटल धरानका अध्यक्ष डम्बर गुरु∙को अध्यक्षतामा सुचारु भयो ।
 नेटल धरानले बिगत ३ महिना अघि देखि सिस्नुको चिया उत्पादन गरिरहेको रहेछ । सिस्नोको दाल बनाएर खाएको तर सिस्नुको  चियाको बारेमा सुन्दा धेरै उपस्थित मानिसहरु अल मल्लमा परे । हुन त सिस्नुको चिया युरोपियन देशहरुमा प्रख्यात छ ।
 सिस्नोलाइ पूर्ण खानाको रुपमा पनि लिइन्छ । यसमा भिटामीन ए, भिटमिन बी, भिटामीन सि, भिटामिन के, खिनिज पदार्थहरु जस्तै फलाम, क्यालसियम, म्याग्नेसियम, म्याङगनिज, जिङक तथा फस्पोरस बनस्पति जन्य पोषणहरु बिटाक्यारोटीन, क्लोरोफिल, एन्टि हिस्टामिन, एन्टि अक्सिडेन्ट तथा एमिनो एसिडहरु पाइने नेटल धरानका अनुसन्धानकर्ता नरेश राइले बताए । यसको नियमित सेवन गरेममा सुगर, उच्क्तचाप, कोलेस्टेरोल, मुत्र प्राणालीका रोगहरु तथा मृगोलामा हने पत्थरिबाट समेत बचाउने बिभिन्न अध्यय्नहरुले देखाएको उनी बताउछन ।
नेटल धरानले उत्पादन गरेको सस्निोको चिया जैबिक भएको अनुुसन्धानकर्ता राईले बताए । यसको प्रयोग इतिहासको काल खण्डमा हाम्रा पूर्खाहरुले जानि नजानी प्रयोग गरेतापनि हालको दिनमा यसको प्रयोग कम हुदै गएको र चियाकै माध्यमबाट भएपनि यसको ब्यापकतालाइ जनता समक्क्ष ल्याउने प्रयास गरेको राईले बताए । धराने नेटल टी चाडै नै बजारमा आउने नेटल धरानका अध्यक्ष डम्बर गुरुङले बताए ।