इटहरी /  सिर्जनशिल परिवार नेपाल सुनसरीले शुक्रबारदेखि एम्बुलेन्स संचालनमा ल्याएको छ । समाज सेवामा क्रियाशिल संस्थाले मानविय सेवाका लागि एम्वुलेन्स संचालनमा ल्याएको हो । एम्बुलेन्सको उद्घाटन प्रदेश नं. १ का सभामुख प्रदिपकुमार भण्डारीले गरेका छन् । युवाहरुले संचालन गरेको उक्त संस्थाले गरेको यो काम उदाहरणिय भएको सभामुख भण्डारीले बताए ।
रामधुनी नगरपालिकामा संचालन गरिने एम्बुलेन्स उद्घाटन कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य धर्मराज निरौला, नगरप्रमुख जयप्रकाश चौधरी, नेकपाका जिल्ला नेता नन्दबहादुर बस्नेतलगायतको उपस्थिति रहेको संस्थाका अध्यक्ष पुस्कर कार्कीले जानकारी दिए । कार्यक्रममा एम्बुलेन्स खरिदका लागि आर्थिक सहयोग गर्ने स्थानीयलाई सम्मानसमेत गरिएको थियो ।

36686788_2156137794413603_4076237964668043264_n