सुनसरी /  सप्तकोशी नदीमा पानीको वहामा उतार चढाव हुदै अाएकाे छ । पूर्वी भेगमा तीन दिनयता वर्षा जारी रहेपनि पानीको वहाव सामान्य अवस्थामा रहेको छ । पछिल्लो मापन अनुसार सप्तकोशी नदीमा पानीको वहाव १ लाख २३ हजार ८ सय ५ क्युसेक प्रतिसेकेण्ड रहेको छ भने ब्यारेजका २० ढोका खोलिएका छन् ।

नदीको वहावमा उतारचढाव जारी रहेपनि खतरा भने नरहेको सुनसरीका प्प्ररमुअ जिल्शाला अधिकारी प्रेमप्रसाद उप्रेती जानकारी दिएका छन् । वर्षायाममा सँधैजसो कटान लाग्ने गरेको राजाबास क्षेत्रमा रहेको तटबन्धमा आवश्यकता परेको खण्डमा बालुवा सहितको बोरा हाल्ने गरी तयारी गरिएको उनले बताए । 

उनका अनुसार कोशीका सबै तटबन्ध सुरक्षित छन् । नियमित अनुगमन र पूर्व तयारी गरिएकाले आत्तिनु पर्ने अवस्था नरहेको प्रजिअ उप्रेतीको भनाई छ । सुनसरीमा लगातारको वर्षाका कारण खोलानालामा जलस्तर बढेपनी कटान भने भएको छैन् । सुनसरी प्रहरीका अनुसार जिल्लामा घर डुबानमा परेको र उद्धार गर्नु पर्ने अवस्था हाल सम्म रहेको बताएकाे छ ।