धरान / गत बर्षको एसईई परीक्षामा उत्कृष्ट नजिता ल्याउने यातायात मजदुरका छोराछोरीलाई नेपाल यातायात स्वतन्त्र मजदुरको संगठनले सम्मान गरेको छ ।
मंगलबार संगठन धरान उपमहानगर कमिटिल उत्कृट नतिजा ल्याउने ४ जनालाई नगद सहित सम्मान गरेको हो । सम्मानीत हुनेहरुमा ए प्लस ग्रेड ल्याई उत्तिर्ण हुने प्रदोश अधिकारी, ए ग्रेडमा उत्तिर्ण हुने पौरण तामाङ, सुमित कार्की र स्नेहा खतिवडा रहेका छन् । उनीहरुलाई नगद रु ३ हजारसहित संगठनका केन्द्रीय अध्यक्ष भीम ज्वाला राईले सम्मान पत्रले सम्मान गरेको संगठनका नगर अध्यक्ष कमल भट्टराईले जानकारी दिए ।
कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष भीम ज्वाला राई, प्रदेश संयोजक गौरी लामा, सचिव लक्ष्मी बानिया, नेकपाका धरान नेता नारायण सुवेदीलगायतको उपस्थिति रहेको थियो ।