धरान / पछिल्लो ६ महिनाको अवधीमा सुनसरीमा बलात्कारका घट्ना बढेका छन् । यो अवधीमा १९ जना बालिका बलात्कारको शिकार भएका छन् । कुल ३४ वटा बलात्कारका घटना १५ महिलाहरु पीडित भएको पाइएको छ ।
इन्सेक सुनसरीले नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ लाई आधार मानी तयार पारेको अर्धवार्षिक रिपोर्ट अनुसार ६ महिनाकै अवधीमा १३ वटा बलात्कार प्रयासका घटना सार्वजनिक भएका छन् । यसमा बालबालिका बढि पीडित भएका छन् ।
इन्सेक जिल्ला प्रतिनिधी जयकृष्ण यादवका अनुसार सुनसरीमा ६ महिनाको अवधीमा १३ वटा बहुविवाहका घटना भएका छन् । त्यसैगरी २ वटा बाल विवाह, मानव बेचविखन सम्वन्धि १० घटना, हत्याका ६ र अपहरण सम्वन्धी ५ तथा बोक्सीको आरोपमा कुटपिट भएको एउटा घटना भएको इन्सेक सुनसरीको तथ्याङकमा उल्लेख गरिएको छ ।
९७ वटा विभिन्न प्रकृतिका घटना विवरण समावेश रहेको इन्स्ेकको प्रतिवेदनले सुनसरीमा ४ वटा मानव अधिकार उल्लङघनका घटनालाई दर्शाउँदा अन्य भने अपराधजन्य विवरणलाई समावेश गरी प्रतिवेदन सार्वजनिक गरेको छ ।
राज्य पक्षबाट भएका मानव अधिकार उल्लङघनका घटनामा १४ जना पीडित बनेको तथ्याङकमा उल्लेख छ । तथ्याङकमा कुल ९७ घटनामा १ सय ६ जना पीडित बनेको उल्लेख छ ।