•  अन्सार अन्सारी

भुटाहा / सुनसरीको हरिनगर गाउँपालिका वडा नं. २ भुटाहा र वडा नं. ६ घुस्कीमा सञ्चालित नेतृत्व विकास तथा क्षमता विकास सम्बन्धि ४ दिने तालिम सम्पन्न भएको छ । नेपाल पिछडावग OBC महासंघ प्रदेश नं. १ कार्यसमिति विराटनगरकाे आयोजना , संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय पिछडिएकाे समुदाय उत्थान विकास समितिकाे सहयोग एवम् हरिनगर गाउँपालिकाकाे कार्यालय हरिनगराकाे समन्वय रहेको थियो । संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय पिछडिएकाे समुदाय उत्थान पिछडाबर्ग OBC लक्षित अन्तरगतको सञ्चाल ४ दिने तालिम सम्पन्न भएको हो ।

हरिनगर गाउँपालिका भित्रका ९० जना युवायुवतीहरुलाई नेतृत्व विकास तथा क्षमता विकास सम्बन्धि शिक्षा दिने उद्देश्यले याे क्षेत्रमा लाग्ने उत्प्रेरित गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको हाे । सहभागीहरुलाई नेपाल पिछडावग OBC महासंघकाे निति तथा कार्यक्रमकाे बारेमा जानकारी दिएको आयोजक संस्थाका महासचिव नसीम अन्सारीले बताए ।

नेपाल पिछडावग OBC महासंघले राेजगार र विकासकाे क्षेत्रमा काम गरेकोले अहिले अाएर संस्सथासाग सहकार्माय गरेर काम गरेकाे  गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले बताए ।

तालिमबाट आफुहरुले धेरै कुरा सिकेको र अब यसलाई व्यवहारमा उतार्ने सहभागी मध्येका एक जुवेर अन्सारीले बताए । पिटम्बर ठाकुर र सुकदेव चाैधरीले तालिम अवधिभरी सहजीकरण गरेका थिए । तालिममा करिब १०० जनाको सहभागीता रहेको थियो । समापन कार्यक्रममा संस्थाका अध्यक्ष नसीम अन्सारीको सभापतित्व, हरिनगर गाउँपालिकाका प्रमुख अतिथि गफार अन्सारी, बिशेष अतिथि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृषण बाहादुर कार्की, अथितिहरु वडा नम्बरका, ६ अध्यक्ष इसराइल अन्सारी, ७ नम्बर वडा अध्यक्ष नसिर खाँ, कार्यपालिका सदस्य शुसिल ठाकुर , OBC पिछडावर्गका केन्द्रीय सदस्य इलियास हजाम लगायतको उपस्थित रहेको थियो ।