धरान / ठगी गर्न मान्छेले अनेक उपयाहरु ल्गाउने गरेका छन् । पैसा फोटोकपी गरे, नाकमा वेहोस हुने कुरा सुगाएर धरानमा ठगी हुदै आएको पाईन्छ । पछिल्लो समय असली सुनको जस्तै टिल देखाएर ठगी गर्ने गिरोह धरानमा सकृय भएको छ । यसरी ठगी गर्ने इलाका प्रहरी कार्यालय धरानले तीन जनालाई गत विहीबार पक्राउ ग¥यो । गस्ती टोलीले धरान–३ स्थित पुरानो बजारबाट ग्राहकलाई डिल गर्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरुमा मोरङ, उर्लावारी–४का ४४ बर्षिय अशोक तामाङ, झापा जलथल–३ का ६० बर्षिय रामबहादुर कन्दङ्वा र हेटौडाका ५० बर्षिय मोतीलाल तामाङ रहेका छन् । उनीहरुको साथबाट दुई वटा नक्कली सुनको टीलसहित नियन्त्रणमा लिइएको इप्रका धरानका डिएसपी रामेश्वर पौडेलले जानकारी दिए ।
मोतीलाल उक्त टीन २० हजार किन्न लागेको बेला प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुसँग अन्य दुई जना पनि रहेको तर प्रहरी देखे पछि भागेको डिएसपी पौडेलले बताए । करिव तीन तोल जतिको टिल भारतको जयपुरबाट भारु १ सयमा ल्याई १० देखि ५० हजारसम्ममा विक्रि गर्ने गरेको पाइएको छ ।
उनीहरुले विल नभएको कारण सस्तोमा दिदै आएको ग्राहकलाई बताउदै आएका छन् । मोतीलाललाई २० हजारमा डिल गरेका थिए । उनीहरुलाई सार्वजनिक अपराध ऐन अन्तर्गत कारवाही हुने डिएसपी पौडेलले बताए । कोही पीडितले ठगीएको उजुरी आए ठगी मुद्धामा कारवाही चलाईने उनले बताए ।
तीन महिना अघि यस्तै नक्कली सुन देखाएर ठगी गर्ने ताप्लेजुङका पदमध्वज साँवालाई प्रहरीले पक्राउ गरि पक्राउ गरेको थियो । साँवाले विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आएका विमारीलाई आफ्नो पनि विमारी ल्याएको पैसा नभए सुन ल्याएको बताउदै विभिन्न व्यक्तिहरुलाई पटक पटक सुनको टिल दिएर नगद दिने र भोली भेटेर पैसा फिर्ता गर्ने भन्दै ठगी गरेको पीडितहरुले उजुरी दिएका थिए । डिएसपी पौडेलका अनुसार साँवाले नक्कली सुन देखाएर डेढ लाख नगद, अन्य रेडिमेड गहनाहरु ठगी गरेको पाईएको छ ।