धरान / धरान उपमहानगरपालिकाले सञ्चार क्षेत्रको विकाश र प्रवद्र्धनका लागि बजेट विनियोजनका विषयमा सञ्चारकर्मीहरु संग छलफल गरेको छ । छलफलका क्रममा सञ्चारकर्मी र सञ्चारगृहका लागि छुट्टा छुट्टै बजेट विनियोजन गर्न सञ्चारकर्मीहरुले सुझाएका छन् ।
स्थानीय सरकारको आर्थिक वर्ष २०७५ /७६ का लागि निति तथा कार्यक्रमको तयारी चलिरहँदा धरानका सञ्चारकर्मीहरु संग धरान उपमहानगरपालिकाको योजना तथा बजेट तर्जुमा समितीले गरेको छलफलका क्रममा स्थानीय तहमा संचालन भएका सञ्चारगृहहरुको दिगो विकाशका लागि बजेट विनियोजन गर्न सुझाव दिएका हुन् । आर्थिक वर्ष ७५÷७६ मा विभिन्न भाषिक पत्रिका प्रकाशनलाई प्राथमिकतामा राख्न पनि आग्रह गरेका छन् । त्यसै गरि महिला लक्षित कार्यक्रम अन्र्तगत सञ्चारक्षेत्रको छुट्टै बजेट विनियोजन गर्न पनि सुझाव दिएका छन् । महासंघसंग सहकार्य गर्दै धरानका पत्रकारहरुको क्षमता विकाशलाई थप प्राथमिकता दिन पनि सञ्चारकर्मीहरुले सुझाएका छन् । अनलाईन मिडियालाई पनि प्रथामिकतामा राख्न सुझाए ।
छलफलमा अग्रस पत्रकार हर्ष सुब्वाले संचारकर्मी कुन न कुनै मिडियामा आवद्ध हुने भएकाले स्थानीय मिडियालाई मजबुद बनाउन सके पत्रकारहरुको आर्थिक सम्वृद्धि हुने बताए । मिडिया हाउसलाई मजबुद बनाउन धरान सरकारले ठोस नीति ल्याउन सुझाएका छन् ।
सञ्चारक्षेत्रको विकाशले नै समग्र धरानको विकाश हुने भएकाले सञ्चारमैत्री बजेट विनियोजन गरिने उपप्रमुख मञ्जु भण्डारीले प्रतिबद्धता जनाईन । भण्डारीले धरानको आन्तरिक आयका सम्भावनाहरुको खोजि गर्दै आय वृद्धिमा पनि कलम चलाउन उनले पत्रकारहरुलाई आग्रह गरिन् ।

धरान उपमहानगरपालिकाले चालु वर्षमा १७ लाख रुपैया बजेट विनियोजन गरेको थियो । सञ्चार क्षेत्रको विकाश र प्रवद्र्धनका लागि धरान उपमहानगरपालिकाले मिडिया रिसर्च सेन्टर निर्माण कार्यलाई प्राथमिकतामा राखेको जनाएको छ ।