धरान / लामो समयदेखि लागू औषध कारोबारीमा संलग्न गिरोहलाई धरान प्रहरीले प्रक्राउ गरेको छ । धरानमा लागू औषध कारोबारी र प्रयोगकर्ता बढ्दै गए पछि केही समय अगाडि प्रहरी र सरोकारावाला बीच छलफल भएको थियो । छलफल पश्चात धरान प्रहरीले लागू औषध कारोबारीमा संलग्नको खोजीमा तिब्रता दिएसंगै प्रहरीले विगतदेखि नै धरानमा डिलर राखेर लागू औषध प्रयोग गर्ने धरान ८ का कुलदिप साह र उनका सहयोगी अशोक दासलाई ठूलो परिणामसहित प्रक्राउ गर्न सफल भएको हो ।

प्रहरीले असार १ गतेदेखि एक साता चलाइएको सर्च एण्ड रेस्क्यु अपरेशनका क्रममा ती दुईलाई ५ हजार ४ सय ९८ थान स्पामो प्रोक्सिन उनीहरु बसेको डेराबाट प्रक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी रामेश्वर पौडेलले जानकारी दिए । डिलर सञ्चालक साहलाई यस अघि पनि चार पटक प्रक्राउ गरिएको भए पनि प्रमाणको अभाव देखाउदै अदालतले छोडिदिने गरेको थियो ।

यसैगरी ६ दिनको अवधिमा प्रहरीले थप ६ जना कारोबारीलाई प्रक्राउ गरी सार्वजनिक गरेका छ । सर्च एण्ड रेस्क्यु अपरेशनकै क्रममा धरान प्रहरीले धरान ९ का पुष्प थापा, धरान ८ का बाबु बोहरा, धरान १३ का कान्छा राई, धरान ५ का अपित तामाई सहित दुई भारतीय रञ्जित मल्लिक सुपर, मल्लिक खानलाई ७ सय ११ थान नाइट्रोसन र ८१ थान टिजी सेसिक सहित प्रक्राउ गरेको छ । प्रक्राउ परेका सबैलाई लागू औषध कारोबार ऐन अन्तर्गत मुद्दा चलाइने डिएसपी पौडेलले जानकारी दिए ।
यता सशस्त्र प्रहरी वल बेस क्याम्प धरानको गस्ती टोलीले लागु औषधसहित एक जनालाई विहीबार पक्राउ गरेको छ । गस्ती टोलीले धरान–९ स्थित सब्जी बजारबाट २६ बर्षिय सुवास लामा तामाङलाई नियन्त्रणमा लिएको हो ।
बेस क्याम्पका डिएसपी कृष्ण बस्नेतका अनुसार एभिल ७५ थान, डाईजीपाम ७५ थान र लुपिजेसिज ७५ थान लागुऔषधसहित तामाङलाई नियन्त्रणमा लिएको हो । धरान–११ क एक व्यक्तिले जोगमनीबाट ल्याउन लगाएर आफुले ल्याएको उनले बताउदै आएकाछन् । ३ हजार अवश्यक परेकाले सो पाउनका लागि आफुले विराटनगरबाट विहीबार विहान बस मार्फत ल्याएको उनले प्रहरीलाई बयान दिएका छन् । आवश्यक थप अनुसन्धानका लागि सशस्त्र प्रहरीले इलाका प्रहरी कार्यालय धरानलाई तामाङ र लागु औषध विहीबार नै जिम्मा लगाएको छ ।