फत्तेपुर / पूर्णकालिन नेपाली काङ्ग्रेसका नेता अशोक कार्की यति बेला पार्टीको काममा भन्दा अलि बढि उनको व्यवसायी कृर्षी कर्ममा भेटिन्छन् । सम्वृद्ध नेपाल बनाउन सबै नेता कार्यकर्ताहरु कुन न कुनै व्यापार व्यवसायमा संलग्न हुनु पर्ने उनको धारणा अनुसार उदयपुरको बेलका नगरपालिका–१ आम्वासीमा ७ विगाह जमिन भाडामा लिएर माछा पालान शुरु गरेका छन् ।
६६ लाख लगानी गरेका कार्कीको फर्ममा १४ वटा पोखरी तयार भएका छन् । १४ वटा पोखरीमा १० लाख माछाका भुरा छन् । एक लाख खान तयार माछा छन् । उनको पोखरमिा कमन, नैनी, ग्रोकार्प, रहुलगायतका ९ प्रजातीका माछा तथा भुरा उपलब्द छन् । ४ जनाको लगानीमा २ बर्ष अघि शुरु गरे पनि व्यवसायी पारदर्शी नभए पछि एक बर्ष अघि एकलौटी बनाई काम शुरु गरेका हुन ।
उनको फर्ममा साढे ४ केजी सम्मका माछा पाईन्छ । जरुवा पानी भएको जमिन भएकाले उनको पोखरीमा पाईने माछा नदिहरुमा पाईने माछा जस्तै स्वादिला भएको स्थानीय बेलका नगरपालिकाका कपडा व्यवसायी सरद कोईरालाले बताए । उनले उत्पादन गरेका माछाहरु दैनिक होटलहरुमा निर्यात हुदै आएको छ ।
स्थानीय विद्यालयको जग्गा बार्षिक २ लाख ५० रुयौया भाडामा १८ बर्षका लागि लिजमा लिएर उनले व्यवसाय शुरु गरेको सुनाए । ‘विद्यालयको जग्गा त्यतिकै बसेको थियो, विद्यालयलाई पनि आम्दानी हुने आफ्नो व्यवसाय पनि घर नजिक हुने भएकाले यो खेर गएको जमिन सदुपयोग गरेको हु ।’–कार्कीले भने ।
एनले पाँच बर्षमा बार्षिक ५ लाख नाफा गर्ने र १० बर्षमा १५ लाख बार्षिक आम्दानी गर्ने लक्ष्य लिएर उनले व्यवसाय शुरु गरेका छन् । माछा फर्मसँगै कुखुरा, टर्की, तथा उन्नत जातका बाख्रासमेत पालेका छन् । जमुना उस्पार र वयर जातका बाख्रा हाल एक सय वटा खोरमा हालेका छन् । वयर जातको बाख्रा धनकुटाबाट र जमुना जातको् बाख्रा फार्मेसगञ्जबाट ल्याएको उनले बताए । खदिलो हुने मासु धेरै हुने वयर जातको पाठाको मुल्य ५ हजारदेखि १० हजारसम्म रहेको छ । गाई र भैसी पनि फर्ममा हाल्ने तयारी गरेको उनले बताए ।
उनको २५ वटा माछा पोखरी बनाउने तयारी छ । निकट समयमा फर्म भित्र कट्टेज, स्वीविङ पुल निर्माण, फन पार्क निर्माणका लागि शुरु गरेका छन् । ‘मंसिर भित्र सबै तयार भई सक्छन् ।’–उनले भने–‘यस फर्मलाई पर्यटकीय गन्तव्य समेत बनाउने योजना छ ।’

कार्कीको राजनीतिक जीवन यात्रा
२०४२ सालदेखि नेपाली काङ्ग्रेसमा क्रियाशिल छन् । कोईराला परिवारसँग निकट मानिएका कार्की पार्टीबाट हालसम्म कुनै लाभको पदमा पुगेका छैनन् । ९ औ महाधिबेशनबाट महाधिबेशन प्रतिनीधि रहेका कार्की केन्द्रीय कमिटीको भौतिक निर्माण विभागका सदस्य समेत छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा बेलका नगरपालिकाको मेयरको टिकट पाएका थिए । उनकै सकृयतामा यस क्षेत्रमा काङग्रेसको राम्रो प्रभाव भए पनि गुटबन्दीका कारण नेकपा एमालेका उम्मेद्वार दुर्गा थापासँग २२६ को झिनो मतले हारेका थिए ।
म्ेयर पदमा हारे पनि नगरपालिकामा कार्कीको प्रभाव राम्रो रहेको छ । जनताका काम गर्न उनी व्यवसायबाट केही समय निकाल्ने गर्दछन् । ‘राजनीतिक मेरो पेसा होईन, यो समाजसेवाको रुपमा ग्रहण गरेको छु ।’– फर्ममा भेटिएका कार्कीले भने–‘राजनीती गर्नेहरुले केही नकेही अन्य पेसा, व्यवसयी गर्नु पर्दछ ।’ काङ्ग्रेसले कार्यकर्ताहरुलाई कुनै पनि व्यवसायीमा लाग्न उनको सुझाव छ ।