इनरुवा / सुनसरीको कोशी ब्यारेजको पुलमा जेसीबी डोजर बोकेको ट्रक नदीमा बुधबार खस्दा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बराह क्षेत्र –१ चतराका का विनोद बराइली र रामधुनी–१ झुम्काका घनश्याम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी । राजन अधिकारीले जानकारी दिए । दुई मध्य एक चालक भएको प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ४ ख ३६५ नम्बरको ट्रक ब्यारेजको २० र २१ नम्बर ढोकामा ठोक्किँदै नदीमा खसेको थियो । ट्रक विपरित लेनमा गएर पुलबाट झरेको पाईएको छ ।
ट्रक चालक र सहयोगीलाई ट्रकमा बोकेको को १ क १०४३ नंं जेसिपीले किचेको हो । घाइते मध्ये ३ जनालाई थप उपचारका लागि बिराटनगरस्थित बिराट नर्सिङ होम लगिएको प्रहरीले जनाएको छ । अन्यको भने इनरुवा अस्पतालनमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।