धरान / धनकुटाको कार्की छापमा मंगलबार अपरान्ह यात्रुवाहक बस सडकबाट तल खसेर दुर्घटना हुदा ३० जना भन्दा बढी घाइते भएका छन् ।
रौतहट कृषि कार्यक्रमका लागि धनकुटा जादैं रेको ना ५ ख ३३२८ नम्बरको बस अपरान्ह करिब ३ बजे सागुरीगढी गाउपालिका वडा नं. ६ कार्कीछापमा दुर्घटना हुँदा बस दुर्घटना भएको थियो । बसमा ३७ जना यात्रु थिए । दुर्घटनामा अन्दाजी ५५ वर्षिय रौतहटका फतुवा विजयपुर नगरपालिका २ का उमंग राय र वडा नम्बर ४ का ४३ वर्षिय जयराम यादव गंभीर रहेको विपी प्रतिष्ठानको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गंभीरहरुको टाउको , खुट्टा लगायत शरीर विभिन्न भागहरु गहिरो चोट लागेको छ । दुर्घटनामा भएको स्थलमा धनकुटाको प्रहरी टोलीको नेतृत्वमा उद्धारमा खटिएका थिए । धनकुटातर्फ जादै गरेको सो बस ओरालोमा बे्रक फेल भएर दुर्घटना हुदा सडकदेखि १ सय मिटर तल खसेको भेडेटार प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलका अनुसार मंगलबार साँझसम्म उपचाररत रहेका सवैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।