धरान /नेपाल टेड्र युनियन महासंघ जिफन्ट, प्रदेश नं १ धरानको प्रथम अधिवेशनले शमसेर बर्देवाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
सोमबार नेकपा धरानको पार्टी कार्यलयमा भएको भेलाले नयाँ समिति गठन गरेको हो । महासंघको उपाध्यक्ष हेम सेढाई, सचिवमा डम्बर अधिकारी,सह सचिव मन कुमारी लिम्बू चयन भएका छन् ।
यसै गरि सदस्यहरुमा इम्तियाज सिदीकी ,राम बहादुर राई, रत्न नेम्वाङ,मुना देबि बस्नेत,सुनिल तोलाङागे, प्रकास राई, शिव तामाङ चयन भएका छन् ।
नेपाल टेड्र युनियन महासंघ जिफन्ट, प्रदेश नं १ का अध्यक्ष किशोर धमलाको प्रमुख अतिथ्यतामा सम्पन्न भेलामा नेकपाका धरान उपमहानगरपालिकाका नेता नारायण सुवेदी, क्युपेक नेपालका केन्द्रीय सचिव मुक्तीनाथ गिरी, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका प्रदेश सचिव लक्ष्मी बाँनिया, धरान उपमहानगर कमिटिका अध्यक्ष कमल भट्टराईलगायतको उपस्थिति रहेको थियो ।

35553296_1729156920506754_2924692846755708928_n