धरान / बराह ज्वेलरी इण्डष्ट्रिज प्रालिले विगतका वर्षहरुमा झै यस वर्ष पनि प्राली स्थापना भएको अवसरमा वार्षिक उत्सव मनाउने भएको छ । आगामी भदौ ५ गते वार्षिक उत्सवको मनाउने विषयमा शुत्रबार पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । पत्रकार सम्मेलनमा वराहको व्यवसायिक सेवा र आगामी योजना पनि प्रस्तुत गरेको छ । बराहले अव निकट भविष्यमा नै बराहको प्रोडक्सन हाउसबाट तयार गरिएको सुनचादीको गरगहना विदेश निर्यात गर्ने भएको छ । पत्रकार सम्मेलनमा बोल्दै प्रालिका अध्यक्ष शिवकुमार लामिछानेले गुणस्तरीय तथा आकर्षक गरगहनाहरु उत्पादन गरेर आगामी दिनमा विदेश निर्यात गर्ने योजना रहेको बताए ।पाटन औद्योगिक क्षेत्रमा रहेको प्रोडक्सन हाउसमा थप ३ सय जना कालिगढलाई रोजगारी दिने र सो कालिगढले उत्पादन गरेका गरगहना विदेश निर्यात गर्ने लामिछानेको भनाई छ । पत्रकार सम्मेलनमा प्रालिका सञ्चालक तथा शाखा प्रमुख मानबहादुर दियालीले प्रोडक्सन हाउसमा कालिगढले सुनका गरगहना उत्पादन गर्ने मात्र नभइ कालिगढको तालिम सेन्टरको रुपमा समेत त्यसलाई सञ्चालन गरिने पनि जनाए । साथै बराह किचनले अब अनलाइन र फोनबाट आएको अर्डरलाई होम डेलिभरीको व्यवस्था गर्न सेवा विस्तार समेत गरिएको उनको भनाई छ । धरान वजारमा पायक पर्ने स्थानमा सम्म होम डेलिभरी सेवा निःशुल्क रुपमा उपलव्ध गराइने भएको छ । प्रालिको २४ औं वार्षिकोत्सव यसवर्ष पनि भव्यताका साथ मनाइने र सधैका वर्ष झै यस वर्ष पनि वार्षिक ग्राहकहरुलाई बम्पर उपहार स्वरुप एक जनालाई सुजुकीको जिक्सर बाइक उपहार दिने र प्रालिका १३ हजार ग्राहकलाई जनही पुरस्कार दिने समेत जानकारी दिएका छन् ।विगतको वर्षमा झै यसपाली रतmदान कार्यक्रमलाई निरन्तरता दिएर धरानलाई रतmदाताको शहरको रुपमा चिनारी गराउने अभियानलाई जारी राख्ने जनाइएको छ ।