संखुवासभा/ अज्ञात समूहले तुम्लिङटारस्थित अरुण तेस्रो आयोजनाको कार्यालय परिसरमा आज बिहान तीन वटा सकेट बम विस्फोट गराएको छ । 
बम विस्फोटबाट कुनै मानवीय क्षति नभएको र सो स्थानमा कडा सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख श्याम सारुमगरले बताउनुभयो । उहाँका अनुसार तुम्लिङटारस्थित सम्पूर्ण होटल, गाउँ वस्तीमा सुरक्षा जाँच कडा गरिएको छ । 
पटकपटक सो कार्यालयलाई लक्ष्य गरी बम विस्फोट गराउँदै आएको नेकपा ‘विप्लव समूह’ ले गत वैशाख १८ गते पनि बम विस्फोट गराएको थियो ।