धरान /  धरान १ स्थित राधेश्याम महिला जागरण समुहका महिलाहरुले जेष्ठ २ गतेदेखि जेठ ९ गते सम्म सन्चालन गरेको सप्ताह ज्ञानमहायज्ञ पुराणबाट ३० लाख रुपैयाँ भन्दा वढी संकलन भएको सार्वजनिक गरिएको छ । सोमबार मन्दिरमा सप्ताह ज्ञान महायज्ञ पुराणबाट संकलित रकमलाई पत्रकार सम्मेलन गरी साबर्वजनिक गरिएको हो । मन्दिरमा भान्सा कोठा निर्माणको लागि सहयोगार्थ सो ज्ञानमहायज्ञ पुराणबाट ३० लाख ६ सय ९९ सय रुपैंया आय भएको पुराण आर्थिक संयोजक पितृमल्ल अग्रवालले जनाए । उनले आय व्यय प्रस्तुत गर्दै खर्च कटाएर वाँकी रहेको रकम वैकमा वचत गरिएको समेत वताए । पुराण अबधीभरी ८ लाख ३५ हजार रुपैया खर्च भएको मन्दिरले जनाएको छ । वचत तर्फ २१ लाख ६५ हजार ६ सय ९९ रुपैया मध्ये वचन दान गरेकाहरुबाट ६ लाख ५० हजार रुपैयाँ उठ्न वाँकी रहेको जनाइएको छ । पुराणबाट संकलित रकमबाट नै राधेश्याम महिला जागरण समुहले मन्दिर परिसरमा ६० लाख भन्दा वढीको लागतमा सुविधायुतm भान्साघर वनाउने लक्ष्य लिएको मन्दिरका अध्यक्ष कमला थापाले वताइन् । कार्य बाहक सचिव कला रेग्मीका अनुसार पुराणबाट संकलित रकमबाट नै मन्दिरमा अत्यन्तै आवस्यकताको रुपमा रहेको भान्सा घर निर्माण गर्ने दरिलो आधार भएको वताइन ् । पुराणको लागि सहयोग गर्ने सवैलाई हार्दिक आभार व्यतm गर्दै महिलाहरुको सक्रियातालाई भावी दिनमा समेत साथ र सहयोग गरिदिन हुन पत्रकार सम्मेलनमा पुराण मुल समारोह समितीका संयोजक कोपिला भट्टराईले धरानवासीमा आग्रह गरेकी छन ् । जेठ २ गते उद्घाटन भएको एक हप्ते ज्ञानमहायज्ञ पुराणको कथावाचन कथावाचिक राधिका दासले गरेकी थिइन ।