धरान / वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको शिक्षा र स्वास्थ्यको स्तरोन्ननतीका लागि दक्षिण कोरियाले सहयोग गने दक्षिण कोरियाका राजदुत पार्क यङक–सिकले बताएका छन् ।
विहीबार प्रतिष्ठाका पदाधिकारीहरु संगको भेटघाट तथा छलफल कार्यक्रममा सिकले मानवस्रोतको क्षमता विकाशका लागि सहकार्यको अपरिहार्यताको विस्तृत योजना आए आफुहरु सहयोग गर्न तयार रहेको बताए ।
प्रतिष्ठानका तर्फबाट अस्पताल निर्देशक गौरी शंकर शाहले अस्पतालले प्रदान गर्दै आएको स्वास्थ्य सेवाबारे अवगत गराएका थिए । यहाँका शैक्षिक क्षेत्रबार रेक्टर डा. गुरुप्रसाद खनालले जानकारी गराएका थिए । राजदुत सिनले आफ्नो चिनो स्वरुप प्रतिष्ठान परिसरमा फुलको बिरुवा रोपेका थिए । त्यस फुललाई स्याहार सम्भार गर्न प्रतिष्ठानलाई जिम्मेवारी दिएका छन् । कोरियासँग सहकार्य गरेर ग्रामिण जनताको भरपर्दो सेवा प्रदान गर्न सकिने विषयमा छलफलमा भएको थियो ।