धरान / पर्यटकहरुलाई प्रदेश नं. १ का गन्तव्यहरुमा घुमाउने वातावरण तयार गर्न नेपाल पर्यटन बोर्डले तीन दिने इष्ट टुरिजम मार्ट आजदेखि धरानमा शुरु गरेको छ ।
नेपाल पर्यटन बोर्डले आयोजना धरान उपमहानगरपालिकाको संयोजन तथा इष्ट टुरिजम मार्ट सचिवालयको व्यवस्थापनमा भारत, भुटान, बंगलादेश र चाईनाको पर्यटकहरुलाई लक्षित गरेर आयोजना गरिएको हो ।
मार्टको उद्घाटन मुख्यमन्त्रि शेरधन राईले गरेका छन् । प्रदेशलाई सम्वृद्ध बनाउन मार्ट कार्यक्रमले ठूलो भूमिका खेल्ने उद्घाटनको क्रममा मुख्यमन्त्रि राईले बताए । पर्यटन बोर्डकी बरिष्ठ निर्देशक नन्दनी लाह थापा मगरले पूर्वमा धार्मिक, साहासिकलगायतको पर्यटनको प्रचर सम्भावना भएको बताएकी थिईन ।
धरानस्थित शैनिक भवनमा भईरहेको कार्यक्रममा पूर्वका प्रमुख गन्तव्यहरु सगरमाथा बेस क्याम्प, हलेसी, बराह क्षेत्र, सखडा, छिन्नमस्ता, जनकपुर, कोशी टप्पु वन्यजन्तु आरक्षण, प्राचिन हरिद्वार बराहक्षेत्र, एतिहासिक विजयपुर, गुफापोखरी, तीनजुरे मिल्के जलजले, इलाम, पाथिभारालगायतका क्षेत्रलाई धरानमा प्रचार गर्न त्यहाँका पर्यटन व्यवसायीहरु आएका छन् ।
टुरिजम मार्टमा छिमेकी भारतको विहार, पूर्णिमा, कटियार, किशनगञ्ज, पट्ना, सिलुगरी, सिक्कीम, भुटानको जयगाउँबाट पर्यटन व्यवसायीहरु प्रदेश नं. १ का गन्तव्यहरुबारे जानकारी लिन आएका छन् ।
पश्चिम बंगालका पर्यटन विज्ञ बासु शशीले पूर्वी नेपालको पर्यटन भारतको हिमाञ्चल प्रदेशको भन्दा राम्रो सम्भावना भएको बताए । उनले पूर्वको सबै क्षेत्रलाई समेटेर एकै प्रकारको व्राउसर बनाएर प्याकेजमा बेच्नु पर्ने उनको सुझाव थियो । भारतको सिलुगरीलाई पोईन्टछ बनाएर पूर्वले झापाको बाहुडागीस्थीत भईरहेको हातीसँगको द्वन्द्वलाई कसरी पर्यटनसँग जोड्न सकिन्छ त्यस तिर पनि ध्यान दिन सुझाव दिएका थिए । कार्यक्रममा प्रदेश नं. १ का सभामुख प्रदिपकुमार भण्डारीले पूर्वको पर्यटन उद्योगलाई कसरी सम्पन्न बनाउने विषयमा सरकारले छलफल गरिरहेको बताए । उनले पूर्वका पर्यटन सम्भावनालाई सबै मिलेर नगदमा परिवर्तन गर्नु पर्ने बताए । कार्यक्रमा उद्योग, कृषी, वन, वातावरण तथा पर्यटन मन्त्रि जगदिश कुसियतले प्रदेश सरकारले पर्यटनलाई प्रमुख मुद्धा बनाएर काम थालेको बताएका थिए । उनले नीति तथा कार्यक्रममा धरानमा बहुभाषिक सग्रालय स्थापनाका लागि बजेट व्यवस्था गरेर पर्यटन प्रवद्धनलाई प्राथमिकता दिएको बताए ।
कार्यक्रममा यस मार्टमा पर्यटन किन्ने र बेच्ने गरि एक सय जना पर्यटन व्यवसायीहरुको संगठनबाट उपस्थिति रहेको छ । सिक्किम दार्जेलिङ, चीन, काठमाण्डौलगायतका स्थानमा प्याकेज बेचिरहेका व्यवसायीहरुलाई पूर्वको पर्यटकीय गन्तव्यहरुबारे जानकारी गराएर उनीहरुले बेचिरहेका स्थानबाट पर्यटकहरुलाई प्रदेश नं. १ मा ल्याउने आयोजकको लक्ष्य रहेको छ । शुक्रबार १४ जिल्लाका पर्यटन व्यवसायीहरुले आफ्ना गन्तव्य क्षेत्रबारे छिमेकी राष्ट्रका व्यवसयाीहरुलाई विजनिस टु विजनिस पोलिसी अन्तर्गत जानकारी गराउने कार्यक्रम रहेको इष्ट टुरिजम मार्टका सचिवालयका कृष्ण शाहले जानकारी दिए ।
सुनसरीलाई चिनाउने अर्ना मार्टको मुख्य आकर्षण
कलाकार जीवन पौडलेले तयार गरेको अर्ना इष्ट टुरिजम मार्टको मुख्य आकर्षण भएको छ । प्रवेशद्वार मै राखिएको अर्नासँग फोटो खिच्न तछाडमछाडसमेत भएको थियो । धरान आउने अतिथिहरु स्वागतका लागि अर्ना राखिएको हो । सुनसरीमा रहेको कोशी टप्पु बन्यजन्तु आरक्षा अर्नाको राजधानी मानिन्छ । सुनसरीलाई अर्नाले चिनाउन यस्तो भूर्ति बनाईएको हो ।

34704824_2158656620818222_2051088261002035200_n 1

34725835_2158656730818211_583780918469066752_n 34602593_10214796880688417_4083200819619430400_n 1 34672351_2158666514150566_7452219582313398272_n

34593430_2103065223054137_2344860996096491520_n 2