धरान / कलाकार जीवन पौडेले इष्ट टुरिजम मार्टमा धरान आउने अतिथिहरुका लागि आकर्षणका लागि अर्ना स्वागतका लागि अर्नाको मूर्ति तयार गरेका छन् । सुनसरीमा रहेको कोशी टप्पु बन्यजन्तु आरक्षा अर्नाको राजधानी मानिन्छ । सुनसरीलाई अर्नाले चिनाउन यस्तो भूर्ति बनाईएको हो । विहीबारदेखि पर्यटन बोर्डले धरान उपमहानगरपालिकाको संयोजनमा आयोजना गरेको इष्ट टुरिजम मार्ट शुरु हुदैंछ । यहाँ नेपाल, भारत, बंगलादेश, भूटान, चीनलगायतदेशका पर्यटन व्यवसायीहरु उपस्थित भई प्रदेश नं. १ का पर्यटकीय गन्तव्यबारे जानकारी लिने छन् । आफ्नो क्षेत्रको पर्यटकीय स्थलबारे जानकारी गराउने १४ वटा जिल्लाका पर्यटन व्यवसायीहरुको उपस्थिति रहने । कार्यक्रम तीन दिनसम्म चल्ने छ । तस्विर बासुदेव बरालको फेसबुकबाट