धरान / पर्यटकहरुलाई प्रदेश नं. १ का क्षेत्रमा घुमाउने वातावरण तयार गर्न पर्यटन बोर्डले धरानमा तीन दिने ा इष्ट टुरिजम मार्ट गर्ने भएको छ ।
भारत, भुटान, बंगलादेश र चाईनाको पर्यटकहरुलाई लक्षित गरेर आयोजना गर्न लागिएको मार्टमा विशुद्ध पर्यटन खरिद विक्रि हुने इष्ट टुरिजमा मार्टका सचिवालय अध्यक्ष भवेस श्रेष्ठले जानकारी दिए ।
जेठ २४ देखि २६ सम्म हुने कार्यक्रममा खरिदका लागि पूर्वका प्रमुख गन्तव्यहरु सगरमाथा बेस क्याम्प, हलेसी, बराह क्षेत्र, सखडाछिन्नमस्ता, जनकपुर, कोशी टप्पु बन्य जन्तु आरक्षण, प्राचिन हरिद्वार बराहक्षेत्र, एतिहासिक विजपुर, गुफापोखरी, तीनजुरे मिल्के जलजले, इलाम, पाथिभ।रालगायतका क्षेत्रलाई धरानमा प्रचार गरिने छ । यस क्षेत्रको सम्पूर्ण विवरण, फोटो, डुकुमेन्ट्री यहाँ प्रस्तुत गरिने छ । तत्काल स्पोटमा जान चाहने पर्यटकहरुलाई घुमाउने पनि व्यवस्था गरिएको छ । यस टुरिजम मार्टमा छिमेकी भारतको विहार, पूर्णिमा, कटियार, किशनगञ्ज, पट्ना, सिलुगरी, सिक्कीम, भुटानको जयगाउँबाट पयउृटन व्यवसायीहरु प्रदेश नं. १ का गन्तव्यहरुबारे जानकारी लिन आउने सोमबार पत्रकार सम्मेलन गरि आयोजकले जानकारी गराएको छ । पर्यटन बोर्डको आयोजना, धरान उपमहानगरपालिकाको संयोजन तथा इष्ट टुरिजम मार्ट सचिवालयको व्यवस्थापनमा मार्ट गर्न लागिएको श्रेष्ठले जानकारी दिए । साहसिक खेलहरु बोेटिङ, प्याराग्लाईडिङ, साईकिलिङ, हाईकिङका लागि सौलियत दरमा स्पोटबाटै सेवा प्रदान गरिने छ ।
यस मार्टमा पर्यटन किन्ने र बेच्ने गरि ८० जना पर्यटन व्यवसायीहरुको संगठनबाट उपस्थिति रहने छ । सिक्किम दार्जेलिङ, चीन, काठमाण्डौलगायतका स्थानमा प्याकेज बेचिरहेका व्यवसायीहरुलाई पूर्वको पर्यटकीय गन्तव्यहरुबारे जानकारी गराएर उनीहरुले बेचिरहेका स्थानबाट पर्यटकहरुलाई प्रदेश नं. १ मा ल्याउने मुख्य उद्देश्य रहेको धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत समन घिमिरेले जानकारी दिए । ४० लाख पर्यटन बोर्डले र बाँकी ३० लाख धरान उपमहानगरपालिका र स्थानीय स्तरबाट व्यवस्थापन गरिएको आयोजकले जनाएको छ । कार्यक्रमको उद्घाटन मुख्यमन्त्रि शेरधन राईले र समापन सभामुख प्रदिपकुमार भण्डारीले गर्ने छन् ।
कार्यक्रममा भारतका ग्रामिण पर्यटनका अभियान्ता राज बसु, पर्यटन विज्ञ राज ज्ञावली, बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्र वावु बस्नेतले पर्यटनबारे प्रवचन समेत दिने छन् ।