मैले मेरो महान् राष्ट्रलाई मुटुमा राखेर

मनखुसी जीन्दवाद ! भन्न किन नपाउनु ?

मैले मेरो राष्ट्रका कुलङ्गारहरुका विरुद्ध

मुठ्ठी उठाएर मुर्दावाद !  भन्न किन नपाउनु? 

लुकेर देशको छातीमा तीर चलाउने

ए, मेरै देशका सिखण्डीहरु हो ।

तिम्रो पाखण्डपन विरुद्ध

मैले तिमिलाई घृणाले धिक्कार्न किन नपाउनु ?

               

      (मेरो छातीभित्र मुटुमा छ मेरो देश, इच्छुक)

...............

सडकको चर्को नाराजस्तै 

उत्तेजनाको उन्मादमा डुबेर

जोडतोडले चिच्याउन मन लाग्छ

कसले भन्छ मेरो देश

मेरो सुन्दर सपनाहरुको विरुद्धमा ?

कसले भन्छ मेरो देश

मेरो महान् आर्दशहरुको विरुद्धमा छ ?

             (अटल छ मेरो आस्थाको सगरमाथा, इच्छुक) 

 १३ जेठ पत्रकार तथा महान् सांस्कृतिक सहिद कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवस । २०१३ मा भारतको दहरादुनमा जन्मिनुभएका इच्छुकलाई तत्कालीन सत्ताले २०५९ साल जेठ ६ गते काठमाडौँबाट गिरफ्तार गरेर क्रुर यातना दिदै २०५९ जेठ १३ गते हत्या गर्यो । इच्छुक नेपाली प्रगतिवादी साहित्यका उज्यालो प्रतिभा र जनपक्षीय पत्रकारहरुको आर्दश हुनुहुन्छ ।   भौतिक शरिर खोसिए पनि उहाँले छोडेर जानु भएको अमर कृर्तिहरु ‘शोकञ्जली’, ‘बन्दी र चन्द्रागिरि’, ‘इतिहासको यस घडीमा’ हाम्रा लागि सुन्दर उपहार हो । इच्छुक जस्ता क्रान्तिकारीहरुको कष्टसाध्य हिजोको कारण नै हामीले आजको सुन्दर वर्तमान पाएका हौं ।  तिनै प्रिय लेखक तथा पत्रकार इच्छुकको स्मृति दिवस देशैभरि प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले मनाउने कार्यक्रम रहेको छ । सबै जिल्लाका साथीहरुलाई स्मृति दिवस मनाएर इच्छुकले देखाएको उज्यालोलाई सम्झिन म विशेष आग्रह समेत गर्दछु ।

राजेश राईकाे फेसबुक वालबाट