धरान / वैशाख १५ गते देखि धरान १८ स्थित डिपो स्कुलको वास्केटवल कोर्टमा सम्पन्न भइरहेको ट्रयालेन्ट हन्ट वास्केटवल ट्रेनिङ क्याम्प २०७५ को आइतवार औपचारिक रुपमा समापन गरिएको छ । बास्केटवल खेलाडिको उत्पादन तथा विद्यार्थी भाइवहिनीहरुको प्रतिभा निखार्ने उद्देश्यले धरान वास्केटवल संघको आयोजना, धरान उपमहानगरपालिकाको संयोजन तथा सुनसरी बास्केटवल संघको सहयोगमा ट्र्रनिङ्ग क्याम्प सम्पन्न भएको हो । क्याम्पमा धरान भरिका ३५ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । समापन कार्यक्रममा विद्यार्थी खेलाडीहरुलाई प्रमाण पत्र र टिसर्ट प्रदान गरिएको थियो । उनिहरुलाई कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिका उपमेयर मन्जु भञ्डारी, कार्यक्रमका सभाध्यक्ष तथा नेपाल बास्केटवल संघ, उपाध्यक्ष सुरजकुमार लामा, विशेष अतिथि धरान १८ वडाध्यक्ष प्रविण राई, किरात राई पत्रकार संघ, सुनसरी अध्यक्ष प्रविण राई, धरान उपमहानगरपालिका पर्यटन विभाग सहसंयोजक किशोर थुलुङ्गलगायतले प्रमाण पत्र वितरण गरेका थिए । कार्यक्रममा ट्रेनिङ क्याम्पका मुख्य प्रशिक्षक तथा संयोजक विकास चाम्लिङ राई र उनका सहयोगि हेमन राई, चिरन्जिवि गिरी र आशा राईलाई मायाको चिनो स्वरुप ट्रयाकसुट प्रदान गरिएको थियो । त्यस्तै गरि ट्रेनिङ्ग क्याम्प अवधिभरका उत्कृट तथा उदयमान खेलाडिको अवार्ड अनिल राइलाई दिइएको छ । सुनसरी बास्केटवल संघ र धरान बास्केटवल संघको सहकार्यमा विगत ६ वर्ष देखि यस खालको ट्रयालेन्ट हन्ट कार्यक्रको आयोजना हुदै आइरहेको कार्यक्रमका सभाध्यक्ष सुरजकुमार लामाले जनाए । संघले ट्यालेन्ट हन्टका उत्कृष्ट केहि खेलाडिहरुलाई विभिन्न कलेजहरुसंग सहकार्य गर्दै छात्रवृत्त प्रदान गर्दै आइरहको पनि उनले वताए । विगत १० वर्ष देखि नै राम्रा खेलाडिहरुलाई छात्रवृत्त प्रदान गर्दै आइरहको सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदिले जनाए । यस पटक पनि विभिन्न कलेजहरुसंग कुरा भइरहेकोले यस क्याम्पका केहि उत्कृट खेलाडिहरुलाई छात्रवृत्तको अवसर प्रदान गरिने सुवेदिले जनाए । अव केहि महिना पछि हुने गर्मीको विदामा पनि टे्रनिङ्ग क्याम्प संचालन गरिने क्याम्प संयोजक तथा मुख्य प्रशिक्षक विकास चाम्लिङ राईले जनाए । कार्यक्रममा क्याम्प संचालनमा सहयोगि डिपो आर्दश वहुमुखि क्याम्पसका प्रमुख राजकुमार राई र धरान १८ वडाध्यक्ष प्रविण राईलाई संघले मायाको चिनो प्रदान गरेको थियो । कार्यक्रममा एम्स एकेडेमि तथा मेघा कलेजका कोअर्डिनेटर अर्जुन घिमिरे, धरान उपमहानगरपालिका न्यायपालिका सदस्य विकास वनेपालिलगायतको उपस्थिति रहेको थियो ।