धरान / एक नं. प्रदेशका अन्तर उपमहानगर तथा नगरपालिका स्तरिय दुई दिने ताक्वान्दो प्रतियोगिता शुक्रबारदेखि धरानमा शुरु भएको छ ।  प्रतियोगिताको उद्घाटन प्रदेश नं. १ का सभामुख प्रदिपकुमार भण्डारीले गरेका छन् ।
१५ वटा नगरपालिकाका १ सय ५५ जना खेलाडीहरुले प्रतियोगितामा सहभागिता जनाएको आयोजक धरान तेक्वान्दो डोजाङका अध्यक्ष गोपाल राईले जानकारी दिए । उद्घाटन खेलमा ४५ केजी समुहबाट इटहर िउपमहानगरपालिकाका निराजन चौधरी प्रथम, इनरुवा नगरपालिकाका अमित राई दोश्रो र कटारी नगरपालिकाका मनोज माझी तेश्रो भए । चौदण्डी नगरपालिकाका प्रत्युस राई सान्तोना भएका छन् ।
प्रतियोगिताको उद्घाटन गर्दै सभामुख भण्डारीले खेलाडी राष्ट्रका गहना भएकाले उनीहरुको सम्मान गर्नु पर्ने बताए । खेलाडीहरुलाई खेलेर बाच्न सक्ने वातावरण बनाउन प्रदेश सरकारले नयाँ ऐन बनाएर अघि बढ्ने काम भईरहेको बताए । प्रतिभालाई प्रस्फुटन गर्न यस्ता प्रतियोगिताहरुले खेलाडीहरुलाई हैसला प्रदान गर्ने सभामुख भण्डारीले बताए ।
कार्यक्रममा तेक्वान्दो डोजाङ प्रदेश अध्यक्ष शैलेस विष्ट, प्रदेश सांसद सावित्रि जोशी, संघीय प्रहरी इकाई कार्यलय धरानका डिएसपी भीम दाहाललगायतको उपस्थिति रहेको थियो । प्रतियोगिताको समापन शनिवार हुने भएको छ ।

32936915_10214878466348064_8705480649760309248_n