वि.सं. २०७५ साल जेठ ४ गते। शुक्रबार। इश्वी सन् २०१८ मे १८ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। नेपाल संवत् ११३८ अनलाथ्व। अधिक ज्येष्ठ शुक्लपक्ष। तिथि– तृतीया, ११:५० बजेउप्रान्त चतुर्थी। नक्षत्र– मृगशिरा, ७:५४ बजेउप्रान्त आर्द्रा। योग– धृति, १९:१० बजेउप्रान्त शूल। करण– गर, ११:५० बजेदेखि वणिज, ३३:३८ बजेउप्रान्त भद्रा। आनन्दादिमा मानस योग। चन्द्रराशि– मिथुन। काठमाडौंमा सूर्योदय– ५:१६ बजे, सूर्यास्त– १८:४६ बजे र दिनमान ३३ घडी ४७ पला।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । नयाँ कमको थालनी होला । मान प्रतिष्ठामा बृद्धि होला । बोलीको प्रभाब बढ्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । घरमा अतिथीको आगमन हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) शुभकार्यको चर्चा चल्नेछ । अरूलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । काम गर्ने उत्साह र हौसला मिल्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) भौतिक साधन जुटाउने समय छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । धर्म,कर्ममा मन लाग्नेछ । रमाइलो यात्राको योग रहेको छ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) रोजगारको अवसर मिलनेछ । चिताएको कामले तीव्रता लिनेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ कामको प्रस्ताब आउला । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । । धार्मिक कार्यमा रूचि बढ्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) राजनैतिक कार्यमा सफलता मिल्नेछ । चुनौतीको सामना गरी गलत निर्णय लिनपुगिएला सचेत रहनुहोला । जोश,जाँगर र हिम्मत बढ्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आफूलाई कमजोर भएको अनुभूतिहुनेछ । सरकारी निकाएको भय रहला । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । कुविचारमा मन जानेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । नयाँ कार्यको योजना बन्नेछ । साहित्यिक क्षेत्रमा रूची बढ्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मन खिन्न हुने स्थिति आउनेछ । शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । खर्चिलो यात्रा रहला । बोलीको विपरीत अर्थ लाग्न सक्छ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) बिश्वास गरेकाले साथ दिनेछन् नजिकको मित्रसँग भेटघाट हुनेछ । बन्धु बान्धव बाट सहयोग मिल्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आफ्नो अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । शिक्षामा वाधा आउनेछ । आर्थिक कारोवारमा मन्दी आउनेछ । मानसिक चिन्ता वढ्नेछ । - ज्यो.प. नारायणप्रसाद दुलाल