• पेटमा बच्चा भएको बेला ५ दिनसम्म खान दिएनन–ममता

धरान / जेठी श्रीमतिले छोररी छोरी जन्माए पछि ढाँटेर विवहा गरेर सिराहा गोल बजारका प्रकाश मरिककी कान्छि श्रीमतिले पनि छोरी नै जन्माए पछि कान्छिलाई छोरा नजन्माएको भन्दे कुटपिट गरि घर निकाला गरेका छन् ।
एकवर्ष अघि १२ बर्षको उमेरमा विवहा भएकी सुनसरी गढी गाउपालिका–७ सतेरझोडाकी १३ बर्षिय ममता मरिकलाई घर निकाला गरेका हुन ।
गत चैत्रमा उनले छोरकिो जन्म दिएकी थिईन । उनलाई बेशाख एक गते घरबाट कुटपिट गरेर लखेटेको पीडित ममताले बताईन । १३ बर्षमै आमा बनेकी ममता र नवजात शिशु दुवैलाई कुपोषण भए पछि इनरुवा जिल्ला अस्पतालनमा उपचारका लागि भर्ना गरिएको छ । उनका बाबु गजाई मरिकसमेत दिन भर िरक्सि खाएर हिड्ने घर परिवारको वास्ता नगर्ने भए पछि ममतालाई स्थानीयको सहयोगमा एक साता अघि अस्पताल भर्ना गरिएको थियो ।
गर्भ बसेदेखि नै शारिरिक यातना
पीडित ममताको अनुसार विवहा गरेको २ महिना पछि नै श्रीमान्ले मानसिक तथा शारिरिक यातना दिने गरेको बताईन् । ‘जेठमा विवहा गरेको साउनदेखि कुटपिट र याताना दिने गरेका थिए ।’– इनरुवा जिल्ला अस्पतालमा भेटिएकी १३ बर्षिया ममताले भनिन–‘पेटमा गर्भ बसेदेखिनै श्रीमान्ले कुटपिट गरे । एक बर्षसम्म सहेर बसे ।’

ममतालाई कुपोषण, रक्तअलपता र छातीको इन्फेक्सन
उनले जन्र्माको शिशुसमेत कुपोषित छ । १२ बर्षमा विवहा गरेर १३ मै बच्चा जन्माएकी ममतालाई मातृत्वबार केही थाहा छैन् । स्तनपान गराउनै जान्दिनन् । बच्चा कसरी समात्ने र स्याहार सुसार गर्ने भन्ने पनि उनलाई ज्ञान छैन् । पौष्टिक आहार र उचित हेरचाहको अभावमा बच्चा कुपोषित छ । आमालाई छातिमा इन्फेक्सन, रक्तअल्पता र कुपोषणको समस्या रहेको उपचारमा संलग्न डा. तुषार झाले बताए । बाच्चा र आमा दुवैलाई एउटै समस्या रहेकाले थप उपचारको आवश्यकता भएको अस्पतालमा कार्यरत लैङगीक हिंसा एक द्वार संकट व्यवस्थापन केन्द्रकी फोकल परसन मीना भण्डारीले बताईन । यसका लागि कोशी अञ्चल अस्पताल विराटनगरको पोषण युनिटमा मंगलबार नै उपचारका लागि लगिएको उनले जानकारी दिईन । विराटनगरमा उनलाई निशुल्क बस्न तथा उपचारका लागि व्यवस्था गरिएको छ । मंगलबार नयाँ पत्रिका दैनिकमा गम्भीर अवस्थाको विषयमा समाचार छापिए पछि उनलाई विराटनगर उपचारका लागि रेफर गरिएको हो ।

फुपाजुले ८० हजार लिएर बाल विवहा गरेका थिए
ममता उदयपुरस्थित आम्वासीमा रहेका आफ्नी फुपुकोमा गएकी थिईन । त्यही बेला फुपाजु सुरेन्द्र मरिकले प्रकाशसँग विवहाको लागि कुरा मिलाएका थिए । ममताकी आमा भुटि मरिकका अनुसार सबै खर्च प्रकाशले गरेर फुपाजुले नै विवहा गरि दिएका थिए । ३५ बर्षिय प्रकाशले पहिलो श्रीमतिको मृत्यु भएको भनी ममतासँग विवहा गरेका पीडित ममताले बताईन । प्रकाश कोशी व्यारेज काटेर यता पूर्व आएको पनि छैन । पैसा लिएर भेनाजु(सुरेन्द्र)ले विवहा गरि दिएको भुटी मरिक बताउछिन् । उनको विवहा आम्वासबिाटै भएको थियो । ८० हजार तिरेर ल्याएको भन्दै ममतालाई याताना दिने गरेको उनले बताईन् ।

पेटमा बच्चा भएको बेला ५ दिनसम्म नखाई बसे– ममता

IMG_20180515_120128 1


जेठमा मेरो विवहा भयो । साउनमा गर्भ बस्यो । त्यही समयदेखि मलाई कुटपिट शुरु भयो । उसक िजेठी श्रमति अन्तै गएकी रहेछ । असारमे फेर्केर आई । मलाई मैले गर्न नसक्ने र नजान्ने काम लगाउन गथ्र्थे । सौताले पोल लगाएर बेलुका मलाई मिलेर कुटपिट गथ्र्थे । कतिदिनसम्म केही नखाई नखाई बसे । ४/५ दिनसम्म पनि मलाई खान दिएनन् । पेटमा बच्चा हुर्कदै थियो । ममाथि शारिरिक तथा मानसिक यातना दिइ रहे । प्रकाश बजारमा एउटा अफिसमा सफाईको काम गथ्र्थे । बेलुका आए पछि मलाई कुटाईकै पीर हुने गरेको थियो ।
मलाई खाना लगाउन दिदैन थिए । केही नजान्ने, अटेर भनेर सधै हेला गथ्र्थे । चैतमा बच्चा मैले खेतमै जन्माए । बच्चा जन्माए पछि त श्रीमानले माया गर्लान भनेको झन छोरी नन्माईस भनेर थप पीडा दिए । छोरा किन नजन्माएको भनेर मुखमा औला लगाएर चाति दिन गथ्र्थे, लाति र लाठीले प्रहार गरे । कति रात त रोहेर विताए । यो मेरो छोरी होईन समेत भनेर यातना दिए । असहय भए पछि बैशाखमा माईत आए । उसले नै फर्केर नआउनु भनेको छ । अव म उसँग फेरी कुटाई खान जान्न । बरु यतै बनीबुतो गरेर खान्छु ।