धरान / इटहरीमा जारी तेसो्र इटहरी राष्ट्रिय टि २० क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार सम्पन्न खेलमा बिभागिय टिम नेपाल पुलिस क्लब बिजयी भएको छ । अन्तिम क्वाटर फाइनल खेलमा बिभागिय टिम नेपाल पुलिस क्लबले होराइजन क्रिकेट क्लब बिराटनगरलाइ ४ रनले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।
इटहरी स्थित नेपाल डिभिएम स्कूलको पिचमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल पुलिस क्लबले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउदै १ सय ३६ रनको योगफल खडा गरेको थियो । पुलिसका लागी सिद्धान्त लोहनीले सर्वाधिक ४९ रनमा नटआउट रहेर योगदान दिए । यस्तै प्रेम तामांगले २९ रन बनाउदा योगेन्द्र कार्कीले १५ र कुशल भुर्तेलले १४ रन बनाए । बलिङतर्फ बिराटनगरका राज थापा र मनोज तामांगले १–१ विकेट लिए ।
जवाफमा १ सय ३७ रनको बिजयी लक्ष्य पछ्याएको बिराटनगर २० ओभरमा ९ विकेट गुमाउदै १ सय ३२ रनमा समेटिएपछी पुलिस ४ रनले बिजयी भएको हो । होराइजनका लागी रबि रोयले सर्वाधिक ५३ रन बनाउदा पुष्प थापाले १६ र मिनस थापाले १३ तथा लव कामतले ११ रन बनाए । बलिङ तर्फ पुलिसका मञ्जित श्रेष्ठले ४ विकेट लिए । बुधबारकोे पहिलो सेमिफाइनल खेल आयोजक सेभेनस्टार क्लब इटहरी र नेपाली सेनाको त्रिभुवन आर्मी बिच प्रतिष्पर्धा हुनेछ । यस्तै दोसो्र सेमिफाइनल खेल झापा र पुलिस क्लब बिच हुनेछ । नक आउट प्रणालीमा खेलाईने प्रतियोगिताको बिजेताले ७५ हजार नगद सहित टफी र दोस्रो हुने टीमले ४० हजार नगद सहित टफी पाउने छ । यस्तै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट बलर, उत्कृष्ट ब्याष्टमेनले जनही १० हजार नगद र ट्रफी प्राप्त गर्ने छन् । इटहरी उपमहानगरपालिकाको संयोजन तथा किसान बचत तथा ऋण सहकारी संस्थाको सहआयोजनामा सुरु भएको प्रतियोगिता जेठ ३ गतेसम्म चल्ने छ ।