वि.सं. २०७५ साल जेठ १ गते। मंगलबार। इश्वी सन् २०१८ मे १५ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। नेपाल संवत् ११३८ बछलागा। ज्येष्ठ कृष्णपक्ष। तिथि– औंसी, १७:५३ बजेउप्रान्त प्रतिपदा। नक्षत्र– भरणी, ११:२७ बजेउप्रान्त कृत्तिका। योग– सौभाग्य, ५:५० बजेदेखि शोभन, २७:३१ बजेउप्रान्त अतिगण्ड। करण– चतुष्पद, ६:३८ बजेदेखि नाग, १७:५३ बजेपछि किंस्तुघ्न, २९:०३ बजेउप्रान्त वव। आनन्दादिमा मुसल योग। चन्द्रराशि– मेष, १७:१५ बजेउप्रान्त वृष। काठमाडौंमा सूर्योदय– ५:१७ बजे, सूर्यास्त– १८:४५ बजे र दिनमान ३३ घडी ३९ पला। ज्येष्ठ संक्रान्ति। दर्शश्राद्ध।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । विद्या र बुद्धिको विकास हुनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) रमणीय र सुखद यात्राको योग छ । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । धार्मिक यात्राको योगछ । राज्य बाट मान सम्मान पाइनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नयाँ व्यक्ति संग भेटघाट हुनेछ । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । बहुमुल्य वस्तु हात पर्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आर्थिक कारोवारमा मन्दी आउनेछ । मनमा दुविधा उत्पन्न होला । सौन्दर्यतामा धन खर्च हुनेछ । मनमा सङ्का उत्पन्न हुनेछ । सामान हराउन सक्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अनावश्यक ठाउँमा धन खर्च होला । यात्रामा मालसामान हराउन सक्छ । कार्य सम्पादनमा समस्या आउला । साँझमा पैसा खर्च हुने योग छ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शुभ समाचार सुन्न पाइएला । बन्धु–बान्धव बाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह रहला ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) प्रेमीको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । शुभकार्यको चर्चा चल्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । सामाजिक कार्यमा मन जानेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । नजिक व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) रमणीय र सुखद यात्राको योग छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ । बित्तिय संस्था बाट सहयोग पाईनेछ । दिनको उत्तरार्ध सुखद रहनेछ । - ज्यो.प. नारायणप्रसाद दुलाल